कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रश्ताव आएको लिङ्देनको खुलासा
जानकारी केन्द्र
२०८०, भाद्र, २
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिनको टुंगो भएसँगै प्रदेश सभा सदस्य मनाउन सत्ता गठबन्धन दलका नेताहरुले चलखेल सुरुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त,’– लिङ्देनले लेखेका छन् ।
कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ । कोशीमा मुख्यमन्त्री थापालाई विश्वासको मतको संकट रहेको छ । यस अघिका मुख्यमन्त्री हिक्मत बहादुर कार्की पनि विश्वासको मत पाउन नसकेको कारण पदमुक्त भएका थिए ।

सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

