कोशीमा राप्रपाले सभामुख र एक मन्त्रालयको जिम्मेवारी पाउने
काठमाडौं । कोशी प्रदेश सरकारमा राप्रपाले सभामुख र एक मन्त्री पाउने भएको छ । हिजो (आईतबार) प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार तथा विकास समितिको सभापति दिएर सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा राप्रपालाई सहभागी गराउन लागेको हो ।
नेकपा (माओवादी केन्द्र) को भागमा परेको उक्त समितिको सभापतिमा अन्तिम समयमा आएर राप्रपाका दीपक सिंहलाई उम्मेदवार बनाइएको हो ।
स्रोतले बताएअनुसार कोशीमा राप्रपालाई सभामुख र एक मन्त्री दिने सहमति बनेको छ । कोशी प्रदेश सभामा राप्रपाका छ जना सांसद छन् ।
यद्यपि कोशी प्रदेश सरकारविरुद्ध नेकपा ९एमाले० कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधीन छ । कोशी प्रदेश सरकारलाई सर्वोच्चले दीर्घकालीन असर पर्ने र नीतिगत निर्णय गर्ने अन्तरिम आदेश दिइसकेको छ ।
कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि प्रश्न उठाउँदै रिट परेको हो । रिट निवेदको पक्षमा फैसला आएको खण्डमा पनि कोशी सरकारको अयु ३० दिनकोमात्रै हुने निश्चित छ । कोशी प्रदेशमा राप्रपा निर्णायक शक्तिको रुपमा रहेको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

