समाजसेवी दिपक बोगटिको सहयोगमा यसरि संचालन हुदैछ अाँखा शिविर
अाफ्नो बुबाले भएको सम्पति समेत बेचेर समाज सेवामा खर्च गर्नु भएको सम्झना गर्दै बुवाले देखाएको बाटो ‘समाजसेवा’ लाइ निरन्तरता दिनपाउँदा समाजसेवा गर्ने क्रममा अाफुले चर्चा भन्दा अात्मा सन्तुष्टि प्राप्त गर्ने उदेश्य भएको बताउने दिपक बोगटिले समाजका धेरै क्षेत्रमा प्रतक्ष वा अप्रतक्ष रूपमा सहयोग गर्दै अाउनु भएको छ ।
म्याग्दीको रत्नेचौर स्थायी घरभई हाल मलेसियामा सफल नेपाली ब्यवसायीका रुपमा स्थापित समाजसेवी दिपक बोगटीले जिल्लामा आँखा शिवीर सञ्चालनका लागि आर्थिक सहयोग गरेका छन् । स्वर्गीय पिता ओमबहादुर र भाई लोकेश बोगटीको सम्झनामा म्याग्दी र पर्वतमा लायन्स क्लवको आयोजनामा शिविर हुने भएको हो । बोगटीले यसअगाडी रत्नेचौर, पिप्लेको राम मन्दिर सहित विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रमा समेत लाखौं सहयोग गरिसकेका छन् ।
‘सबै सहयोग बुबा र भाईको नाममै हुनेछ । मानवीय सेवामा सहयोग केन्द्रित गर्ने योजना बनाएको छु बोगटीले भने । मानवीय सेवा नै ठुलो धर्म भएकाले आर्थिक अवस्था कमजोर भएकै कारण संसार देख्न नपाएकाहरुलाई संसार देखाउन लायन्सले गरिरहेको अभियानमा आफुँले साथ दिएको बताए ।
म्याग्दीका समाजसेवी तथा शिक्षा र राजनीतिककर्मी रहेको स्वर्गीय ओमबहादुर बोगटी र भाई लोकेश बोगटीले जीवनको अन्तिमसमय सम्म पनि समाजसेवामै समर्पित रहेको बोगटीको भनाई छ। भूकम्प पिडितलाई ब्यक्तिगत रुपमा १ करोडको हाराहारीमा सहयोग सरकारी सयन्त्रबाटै वितरण गरेका बोगटीले जिर्ण अवस्थामा रहेका धार्मिकस्थलका साथै तीनबर्ष अगाडी उत्तरी म्याग्दीमा गएको पहिरोबाट विस्थापितलाई राहत समेत वितरण गरेका थिए । सामाजिक र परोपकारी कार्यमा नामभन्दा पनि सहयोग धेरै गर्ने रुचाउने बोगटीले आँखा शिविरमा सहभागि हुन नेपाल आएका छन्।
बोगटीको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा म्याग्दी र पर्वत बेनीमा रहेका संम्पुर्ण लायन्स क्लबहरूको आयोजनामा शिवीर सञ्चालन हुन लागेको लायन्स क्लब अफ म्याग्दीका अध्यक्ष कुबीरकुमार श्रेष्ठले बताए । ‘ सबै खर्च उहाँले एक्लै ब्यहोर्नुहुने छ । यसले म्याग्दी जिल्लालाई मानवीय क्षेत्रमा थप अगाडी बढाउनेछ’ श्रेष्ठले भने । पुस ४ गते पर्वत को रेडक्रस भवनमा, ९ गते म्याग्दीको पाखीपानी, १० गते राँखु भगबती, ११ गते घारा को पोखरे बगर, ११ गते बावियाचौर १२ र १३ गते बेनी बजारको जिल्ला अस्पताल मा मोतीया बिन्दुको निशुल्क अप्रेशन गरिने लायन्सले जनाएको छ ।
बेनि अनलाइनको सहयोग बाट
सम्बन्धित समाचार
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो


