• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • १५ घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १६ घण्टा 

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • १८ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • २२ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • २३ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • २३ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १ दिन 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • २. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ५. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ७. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ८. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ९. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • १०. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

गृहमन्त्री श्रेष्ठलाई हटाउन देउवाको दबाब, प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक !

जानकारी केन्द्र २०८०, भाद्र, १५

काठमाडौं । सत्ता गठबन्धनमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीलाई लिएर खट्पट् सुरु भएको छ । खासगरी कतिपय विषय प्रधानमन्त्री पुष्पकमल दाहाललाईसमेत थाहै नदिई गृहमन्त्री श्रेष्ठले अघि बढाएको र कांग्रेसका नेताहरुमाथि प्रतिशोध साँधिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्टि पोख्दै आएका छन् । यो बीचमा देउवाले गृहमन्त्री श्रेष्ठलाई आफ्नो डेराको घरमा बोलाएर असन्तुष्टि पोखेको र धेरै हिरो हुने नाममा जथाभावी हात नहाल्न चेतावनी दिएको चर्चा छ ।

खासगरी कांग्रेस सांसद सुनिल शर्मा प्रक्राउ प्रकरणमा देउवा झनै आक्रोशित बनेका हुन् । उक्त भेटवार्तामा गृहमन्त्री श्रेष्ठ र देउवाबीच नोकझोक नै चलेको बताईएको छ । गृहमन्त्री श्रेष्ठले भने सार्वजनिक कार्यक्रमहरुमा माओवादी नेतृत्वको सरकारले थालेको सुशासनको अभियान नरोकिने बताउँदै आएका छन् । तर, देउवाले प्रधानमन्त्री दाहाललाई भेटेरै गृहमन्त्री श्रेष्ठलाई हटाउन दबाब दिएको स्रोतको दाबी छ । जवाफमा प्रधानमन्त्री दाहालले केही हप्ता समय मागेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले राप्रपालाई सरकारमा सहभागी गराउन चाहेका छन् । त्यसको संकेत संसद्को पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिएर देखाईसकेका छन् । तर, राप्रपाका नेताहरुले भने संसदीय समितिको सभापति बन्नु र सरकारमा सहभागी हुने कुराको चर्चा हुनुमा कुनै सत्यता नरहेको र राजनीतिक–लेनदेन नै नभएको दाबी गरेका छन् ।

कांग्रेस सभापति देउवाले पनि राप्रपालाई सरकारमा सामेल हुन भनेका छन् । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै सरकारमा आउन भनेका छन् । विश्वस्त्र स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले लिङ्देन सरकारमा आउन चाहे उपप्रधा एवम् उर्जामन्त्री बनाउने वचन दिएका छन् । राप्रपालाई मात्रै नभएर प्रधानमन्त्री दाहालले रास्वपालाई पनि सरकारमा सहभागी गराउनको लागि पहल थालेको बुझिएको छ । यद्धपी रास्वपाका नेताहरुले भने अहिले सरकारमा जानेतर्फ नसोचेको बताउँदै आएका छन् ।

सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा सुरुमा राम्रो काम गरेको भनेर वाहवाही पाएका गृहमन्त्री श्रेष्ठले पछि कतिपय प्रकरणमा माओवादी नेताहरुको संलग्नता नै पुष्टि भएपछि भने बचाउको लागि भूमिका खेलेको भन्दै देउवा रुष्ट बनेका थिए । भेपमा सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाउ–छोरा नै संलग्न भएको विषयमा किन पक्राउ गरेर कारबाही गरिएन रु भन्दै देउवाले प्रधानमन्त्री दाहालसँग आक्रोश पोखेका थिए ।

गृहमन्त्री श्रेष्ठलाई तत्काल हटाउन देउवाको दबाब रहेको छ । यो बीचमा देउवाकै दबाबमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुलाई गृहमन्त्री श्रेष्ठलाई थाहै नदिई सरुवा गरिएको छ । यसमा देउवाले प्रधानमन्त्री दाहाललाई प्रभावमा पारेको चर्चा छ ।

गृहमन्त्री हटाउने देउवाको प्रस्तावमा प्रधानमन्त्री दाहाल पनि सकारात्मक बनेको स्रोतको दाबी छ । तर, प्रधानमन्त्री दाहालले राप्रपा र रास्वपालाई सत्तारोहण गराउन चाहेका छन् । आफ्नो सरकार जोगाउनको लागि प्रधानमन्त्री दाहाल यतिवेला सबैथोक गुमाउन तयार रहेको माओवादी नेताहरुकै भनाई छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

ताजा

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.