देशको पैतृक सम्पत्ति हो जमिन, प्रचण्डलाई बाँड्दै हिँड्ने अधिकार नेपाली जनताले दिएका छैनन्ः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यति, वाइडबडीलगायतका काण्डहरु एमालेसँग जोड्ने गरेको गरेपनि त्यसमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको संलग्नता रहेको दाबी गरेका छन् ।
शनिबार एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बेलामा बंगलादेशको समुन्द्र प्रयोग गर्न नेपाली भूमि भारतलाई दिन सकिने अभिव्यक्ति दिएकोप्रति आपत्तिसमेत जनाएका छन् ।
ओलीले नेपाली भूमि छिमेकी देशलाई बाँढ्दै हिँड्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । उनले भने ‘अहिले जाने ले त के भन्छ् बंगलादेशसम्म जाने हो भने त्यो भूभाग छाडिदिन सकिन्छ। बंगलादेशसम्म जाने बाटो पहिला नै भारतले दिइसकेको छ, त्यो हामीले पाउने कुरा हो,। बंगलादेश जान बाटो नपाएको छ र हामीले ? कुन बाटोका लागि तपाईं जमिन दिनुहुन्छ ? पैतृक सम्पत्ति हो देशको जमिन। प्रचण्डलाई जमिन बाँड्ने अधिकार नेपाली जनताले दिएको छैन, नेपालको भूभाग अखण्ड छ। हाम्रो देशको एक ईन्च जमीन पनि कसैले टुक्रयाउन पाइँदैन।’
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

