वडाध्यक्ष रिजालको अन्तिम श्रद्धाञ्जली सभा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा महानगर प्रमुख बालेन्द्र शाह (बालेनं) महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएका रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको थियो ।
रिजाललाई श्रद्धाञ्जली दिन महानगर प्रमुख शाह नगरप्रहरी प्रमुख राजु पाण्डेसहित राष्ट्रिय सभागृहमा पुगेका थिए ।
रिजाललाई श्रद्धाञ्जली अपर्ण गर्न विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणहरु पनि पुगेका थिए ।
उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिएको थियो । त्यसैगरी १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने र दिउँसो २ः३० बजे दाहसंस्कार गरिने बताइएको छ ।
रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

