प्रधानमन्त्री र गृहमन्त्रीलाई गगन थापाको प्रश्न : सार्वजनिक व्यक्तिमाथि सांघातिक आक्रमण हुँदा पोल्नुपर्छ कि पर्दैन ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भएको सांघातिक आक्रमणको भर्त्सना गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले खुकुरी प्रहार गर्ने व्यक्ति सन्काहा भन्दै घटनालाई थामथुम पार्ने प्रयास भएको आरोप लगाए ।
यस विषयमा गम्भीरताका साथ सरकारले गहिरो अनुसन्धान गरी घटनाको यथार्थ बाहिर ल्याउन उनले ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीमाथि प्रश्न गर्दै थापाले बाहिर हिँड्न वा बोल्न नहुने हो भन्दै आक्रोश पोखे ।
‘जिम्मेवारी लिनेले धेरै बोल्ने होइन, काम गर्ने हो । म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु । संविधानसभा सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रमबाट फर्किएर आउँदा खुकुरी प्रहार हुँदा उहाँहरूलाई पोल्नुपर्छ कि पर्दैन ? बोलेकै आधारमा सांघातिक आक्रमण गरेर जायज ठहराउन सक्छ’, सरकारमाथि थापाले प्रश्न उठाए ।
कुनै पनि माध्यमबाट हिंसा जायज छ भन्ने भाष्य स्थापित गराउन खोजियो भने ठुलो गल्ती हुने उनको तर्क थियो । बुधवार राजधानीको रिपोर्टस क्लब नेपालमा भएको कार्यक्रम सकेर बाहिर आएपछि यादवमाथि सांघातिक आक्रमण भएको थियो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

