अमेरिका उड्नुअघि नै राप्रपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको चाहना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा राप्रपालाई सहभागी गराउनेगरि छलफल थालेका छन् । उच्च स्रोतकाअनुसार राप्रपा नेतृत्वसँग प्रधानमन्त्री दाहालले सरकारमा सहभागिता गराउनेगरि छलफल गरेका छन् । तर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने तत्काल सरकारमा सहभागी हुनको लागि सकारात्मक जवाफ नदिएको बुझिएको छ।
संसद्को पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपक सिंह निर्वाचित भएका छन् । प्रधानमन्त्री दाहालसँगको सहमतिअनुसार नै राप्रपाले उक्त समितिको सभापतिमा दाबी गरेको थियो । र, सांसद सिंह निर्वाचित भएका छन् । प्रधानमन्त्री दाहाल यही भदौ अन्तिममा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क उड्दैछन् ।
त्योभन्दा अघि नै उनले राप्रपालाई सरकारमा सहभागी गराउन चाहेको उच्च स्रोतको दाबी छ । प्रधानमन्त्री दाहालले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै उर्जामन्त्री लिनेगरि सरकारमा आउन चनेका छन् । प्रधानमन्त्री दाहालको प्रस्तावमा लिङ्देनपनि सकारात्मक छन् ।
तर, पार्टीभित्र भने तत्काल सरकारमा जान नहुने मत बलियो छ । अधिकांश नेताहरुले सरकारमा पार्टी जाँदा जनमत खस्किने निश्कर्ष सुनाएका छन् । आफ्नै पार्टीभित्रबाट सरकारमा सहभागी हुनको लागि निर्णय गराउन राजेन्द्रलाई हम्मेहम्मे परेको छ ।
लिङ्देन यसअघि पनि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा पुषमा सरकारमा सहभागी थिए । तर, पछि प्रधानमन्त्री दाहालले एमालेसहितको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेपछि भने राप्रपा सरकारबाट बाहिरिएको थियो । राप्रपा संघीय सरकारमा सहभागी हुने या नहुने भन्ने कुरा कोशी प्रदेशको सरकारको स्थायित्वको लागि राप्रपाले खेल्ने भूमिकामा पनि भर पर्नेछ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

