हामीमाथि खुलेआम खुकुरी प्रहार भयो, लाखौँ जनता सडकमा ल्याउँछौँ : प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिष्टहरु एक ठाउँमा उभिनु पर्ने बताएका छन् । आइतबार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिष्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिष्टहरु आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका विरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्ने कुरा सावित गर्नुपर्ने बताए ।
उनले कम्युनिष्ट आन्दोलनका विगतका कुरालाई कोट्याएर नभइ सबै कम्युनिष्टहरुका भंगाला एक हुनुपर्ने बेला आएको बताए । उनले कम्युनिष्ट समूहहरु अब बिस्तारै फेरि एउटै मुलधार, केन्द्रमा एउटै धारामा समाहित हुने परिस्थिति बनेको बताए ।
उनले एकले अर्कोलाई अपमानित गर्ने, अनुभवलाई तिरस्कार र नजरअन्दाज गर्न नहुने बताए । प्रधानमन्त्री दाहालले निरंकुश राजतन्त्रवादीहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य नभएको बताए ।
उनले कम्युनिष्ट कमजोर हुँदा विपक्षीहरुले शिर उठाउने कुचेष्टा गरिरहेको बताए । उनले समाजवादी मोर्चाले केही समयपछि राष्ट्रियता, जनजीविकाको विषयलाई लिएर लाखौँ जनतालाई सडकमा उतार्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धका फाइल खोलेर कारबाही गर्ने कुरा एउटा प्रधानमन्त्रीले नसकिने बताए । उनले आफूले देशमा समृद्दिको लडाईं छेडेको र कति समय प्रधानमन्त्री हुन्छु भन्ने डर नभएको बताए ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

