Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिइने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २६
सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिइने

काठमाडौं । सरकारले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेम्वाङले संविधान निर्माणमा खेलेको भूमिकाको उच्च कदर गर्दै राजकीय सम्मान दिने निर्णय गरिएको हो । नेम्वाङका छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसैदिन सार्वजनिक बिदा दिइने निर्णय भएको छ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिक शरीर श्रदाञ्जलीका लागि आज एमालेको पार्टी कार्यालय च्यासलमा राख्ने एमालेले जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स