• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • १६ घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १७ घण्टा 

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • १९ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • २३ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १ दिन 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १ दिन 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १ दिन 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • २. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ५. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ७. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ८. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ९. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • १०. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन

जानकारी केन्द्र २०८०, भाद्र, २६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी अन्तरक्रियामा उनले विदेशमा रहेका नेपाली कामदारले अनेकन समस्या झेल्नुपरेकामा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन् ।

सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतलाई बोलाएर नेपाली श्रमिक तथा कामदारले भोग्नुपरेका समस्या र कठिनाइबारे छलफल गरेको हो । कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्टका साथै आगामी कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले अन्तरक्रियामा राजदूतले उठाउनुभएका विषय सम्बोधन गर्दै निर्देशित गरेका छन् । सम्बोधनमा उनले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिएका हुन् ।

“नेपाली श्रमिक तथा कामदारको सुरक्षित र मर्यादित आप्रवासनमा यस प्रकारको छलफलले महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भने ।

पछिल्लो समय आन्तरिक रोजगारीमा देखापरेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पुयाएको उनको भनाइ छ । मुलुकको भुक्तानी सन्तुलनमा सहयोगलगायत पुँजी, सीप र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुगेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

“वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलमा विभिन्न प्रकारका जोखिममा पर्नुलगायत समस्याको सामना गरिरहेका छन्, यसको सम्बोधन हाम्रो गम्भीर चासोको विषय रहेको छ”, उनले भने । नेपालीको हकहित संरक्षण हुने, न्यूनतम सेवा सुविधाको प्रत्याभूति हुने, सामाजिक सुरक्षाको सुनिश्चितता र गुनासो सुनुवाइको प्रभावकारी संयन्त्र विकास गर्दै श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

“कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कूटनीतिक नियोगले गुनासो सुनुवाइ गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न यहाँको ध्यान जानेछ । म परराष्ट्र मन्त्रालय, राजदूत र श्रम प्रशासनसँग सम्बद्ध सबै निकायलाई नेपालीको हकहितका लागि गम्भीर भएर क्रियाशील हुन निर्देशित गर्दछु”, उनले भने, “हामीले एकातिर देशभित्रै आन्तरिक रोजगारीको अवसरमा वृद्धि गर्नुपर्नेछ भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्नेछ ।”

व्यापार घाटा नेपालको अर्थतन्त्रको ठूलो चुनौतीका रूपमा रहिआएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले देशगत तथा वस्तुगत व्यापार विविधिकरण गरी व्यापार सन्तुलनलाई मुलुकको पक्षमा कायम गर्नुपर्ने भएकाले त्यसमा सक्रिय भूमिका रहनुपर्नेमा जोड दिए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवालाई सूचना प्रविधिमा आधारित बनाउँदै सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिए ।

“वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामको सुरूआत भइसकेको छ । यसलाई प्रभावकारी बनाउँदै गन्तव्य मुलुकमासमेत उपलब्ध सामाजिक सुरक्षाका योजनामा श्रमिक आवद्ध हुने व्यवस्था मिलाउन प्रभावकारी भूमिका खेल्नुपर्दछ”, प्रधानमन्त्री दाहालले भने “केही समयभित्रै विदेशमा रहेका सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने सरकारको लक्ष्य रहेकामा उक्त लक्ष्य हासिल गर्न क्रियाशील रहन सम्पूर्ण राजदूतलाई निर्देशित गर्दछु ।”

दुईपक्षीय श्रम सम्झौता पुनरावलोकन र विस्तार, मागपत्रको प्रमाणीकरण, कानुनी प्रतिरक्षा, घरेलु कामदारसँग सम्बन्धित समस्याको सम्बोधन, सुरक्षित आवास, अभिलेख नभएका श्रमिकको अभिलेखीकरणलगायत विषयमा तत्काल कार्ययोजना बनाई काम सुरु गर्न समेत प्रधानमन्त्री दाहालले आग्रह गरे । यस अन्तरक्रियाबाट विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न, नेपालको कूटनीतिक क्षमतालाई सुदृढ र विस्तार गर्न, देशभित्र विदेशी लगानीको वातावरण सिर्जना गर्न एवं नेपालको बहुआयमिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

ताजा

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.