Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

सुवासचन्द्र नेम्वाङको महाप्रस्थान, राजकीय सम्मानका साथ सुरु भयो शवयात्रा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २८
सुवासचन्द्र नेम्वाङको महाप्रस्थान, राजकीय सम्मानका साथ सुरु भयो शवयात्रा

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

सोमबार राति हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर उनको निवासबाट राजकीय सम्मानका लाथ निकालेर अहिले अन्त्येष्टिका लागि पशुपति आर्यघाटतर्फ लगिँदै छ । बालुवारटारमै नेपाली सेनाको एक टुकडीले सलामी पनि दिएको छ ।

उनको पार्थिव शरीर बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने छ । नेम्वाङको निधनमा आज सरकारले सार्वजनिक बिदा दिइएको छ ।

Top Changing Nepal

युट्युब सट्स