प्रधानमन्त्री प्रचण्ड शनिबार चीन भ्रमणमा जाँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर २३ मा चीन प्रस्थान गर्ने भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड प्रतिनिधि मण्डलको टोलीसहित चीन जाने भएका हुन् । परराष्ट्रमन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सो कुुरा जानकारी गराएको हो ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेको मन्त्रालयले जानकारी गराएको हो । सेप्टेम्बर २३ देखि ३० सम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्रराय यादव, भौतिकपूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र अन्य अधिकारीहरु रहने जनाइएको छ ।
चीन भ्रमणका क्रममा समकक्षी छ्याङसहित राष्ट्रपति सी जिङपीङ सँग समेत भेटघाट हुनेछ । त्यसको साथै २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा समेत प्रधानमन्त्री सहभागि हुनेछन् ।

सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

