• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ६ घण्टा 

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • १७ घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १८ घण्टा 

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • २१ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • १ दिन 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १ दिन 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १ दिन 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • २. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ३. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • ४. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

  • ५. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ६. आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

  • ७. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

  • ८. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

कांग्रेस बैठकमा उठ्यो प्रचण्ड नेतृत्वको सरकार ढाल्ने कुरा

जानकारी केन्द्र २०८०, आश्विन, ७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बीपी स्मृति भवन लतितपुरको सानेपामा तीन दिनदेखि बैठक जारी रहेको छ ।आइतबार ३१ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ -आफ्नो धारणा राखिरहेका छन् । आइतबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक परिवेशलाई ध्यान दिएर सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका विशेषगरि संस्थापन इतर पक्षका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार फेरेर आफ्नै पार्टीको नेतृत्वामा सरकार बनाउनु पर्ने पक्षमा छन् । पछिल्लो समय कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्ट रहेका छ्न । विशेषगरि भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई जेलमा थुनाएको , शरणार्थी प्रकरणमै केन्द्रीय सदस्य एवं सांसदद्धय आरजु राण देउवा र मञ्जु खाँणलाई पक्राउ गर्नेगरि फाइल अगाडि बढाईएको, बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पूर्व उपसभापति विजयकुमार गच्छद्धारलाई मुद्दा चलाईएको तर सुन प्रकरणमा नाम मुछिँदासम्म पनि माओवादी केन्द्रले आफ्ना पार्टीका कुनैपनि नेताहरुलाई छानबिन नगरेको, कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि राजधानीमै खुकुरी प्रहार हुँदापनि सरकार गम्भीर नबनेको भन्दै कांग्रेसभित्र आक्रोश बढ्दो रहेको छ ।

आइतबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य राजिव ढुंगानाले गठबन्धन दलको नेतृत्वकर्ता पार्टी सभापति शेरबहादुर देउवा भएपनि प्रधानमन्त्री प्रचण्डले एकलौटी सरकार चलाएको दाबी गरे । उनले भने ‘ अहिले हामी सरकारमा मात्रै छैनौं । यो सरकार बनाउने गठबन्धनको नेतृत्वकर्ता पनि कांग्रेस नै हो । सरकारले अहिले के गरिरहेको छ । गम्भीर रुपमा समीक्षा हुनु जरुरी छ ’ ।

अर्का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले गठबन्धनको औचित्य पुष्ठि गर्नकै लागि सरकारमा रहनुको अर्थ नभएको बताएका छन् । उनले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम नगरेको भन्दैपार्टीले समीक्षा गर्न आवश्यक रहेको बताए ।

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले कांग्रेसका कार्यकर्तामाथि छानिछानी दुःख दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियतबारे छलफल गर्नुपर्ने बताए । पराजुलीले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटनामा सरकार जिम्मेवार नभएको भन्दै सरकोको बारेमा सोच्नेबेला आएको बताए । ‘कांग्रेसलाई छानीछानी दुस्ख दिने गृहमन्त्रीको नियतबारे पनि समीक्षा हुनुपर्छ,’ उनले भने, ‘सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समाचारमा आएका छन्। उनलाई न पक्राउ गरिन्छ न कुनै मुद्दा चल्छ।’

अर्की केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले वर्तमान सरकारबाट कांग्रेसी कार्यकर्ता सुरक्षित हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराइन् । ‘कांग्रेसको भरमा टेकेर माओवादीले सरकारमा बसेर निर्णय गरेको छ तर हामीलाई अपजस नै अपजस मात्रै आइरहेको छ,’ उनले भनिन्, ‘हामी डेलिकेसन गएर दवाव दिनुपर्छ।’

अर्का केन्द्रीय सदस्य श्याम घिमिरेले राजनीतिक अस्थिरताबाट देशलाई जोगाउका लागि सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका थिए ।

‘हरेक नागरिकमा नकारात्मक अवधारणा छ । यसलाई सकारात्मकता तिर कसरी लाने ? मुद्दामा स्पष्टताको आवश्यकता, कतिपय अवस्थामा बोलकबोल गरेर अगाडि बढ्दा पनि हामीसँग विश्वास बढेको छैन’ घिमिरेले भने, ‘राजनीतिक अस्थिरताको कारणले निराशा र आक्रोश छ । संविधानकाको कारण, निर्वाचन प्रणालीको कारण अस्थिरता आएको छ । कांग्रेसले यी विषयमा स्पष्ट दृष्टिकोण राख्नुपर्छ । कांग्रेसले नै नेतृत्व गर्ने तयारीकासाथ अब अगाडि बढ्नुपर्छ ।’

कांग्रेसको तीन दिनदेखि जारी बैठक भोलि पनि बस्नेछ । संस्थापन इतर पक्षले सरकारको नेतृत्व फेर्नुपर्ने आवाज उठाएपनि संस्थापन पक्ष भने वर्तमान सत्ता गठबन्धलाइ निरन्तरता दिनुपर्ने पक्षमा दृढ रहेको छ । शनिबारमात्रै कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहाखुर कार्कीले वर्तमान सत्ता गठबन्धन ५ वर्षनै जाने दाबी गरेका थिए । कांग्रेसभित्र इतर समूह संस्थापनको तूलनामा निक्कै कमजोर रहेको हुँदा संस्थापन पक्ष र स्वयं पार्टी सभापति शेरबहादुर देउवाले नचाहँदासम्म सरकार परिवर्तान गर्ने संस्थापन इतर समूहको प्रयास सार्थन नहुने निश्चित छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

ताजा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.