• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, असार ३०, २०८२
सोमबार, असार ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ८. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ९. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

  • १०. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

तनहुँमा फस्टाउँदो ड्रागन खेती

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गरेको ड्रागन खेतीबाट रु आठ लाख बराबरको ड्रागन बिक्री गरिसकेकी छिन् ।

विसं २०७९ वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक वर्षको अवधिमा आठौँ पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताइन् । “अझै पनि फार्मबाट करिब छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु”, उनले भनिन् । अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको उनी बताउछिन् । उनले भनिन्, ‘‘यसपटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु ।” १२ देखि १४ पटकसम्म फल दिन सक्ने उनको आशा रहेको छ ।

उनलाई बजारको कुनै समस्या छैन । उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको उनले बताइन् । वैशाख महिनामा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुनेछ । ‘‘कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानु हुन्छ’’,उनले भनिन् ‘कुनै समयमा आफैँले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु ।’’ उत्पादित ड्रागन प्रतिकिलो पाँच सयदेखि छ सयसम्म बिक्री हुने गरेको उनले बताइन् ।

करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताए । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको थियो । उनले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाएकी छिन् ।

उनले गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थियो । फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चारवटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन् । एउटा पोलमा करिब १० हजारका दरले खर्च भएको उनको भनाइ छ ।

त्यसैगरी कृषक गौलीले यस वर्ष तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन् । प्रतिबिरुवा दुई सयदेखि पाँच सयसम्म बिरुवा बिक्री गरेको उनले बताइन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन् । उनको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन् ।

त्यसैगरी कृषक गौलीले नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको गुनासो गरेकी छिन् । चिसो मौसममा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उनको भनाइ रहेको छ । निमपत्ता, असुरो, तीतेपाती, खिर्रो, बनमासा, सिमाली र गौमुत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको उनले बताइन् ।

सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी छिन् । व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छिन् । स्थानीयस्तरमा उत्पादित अग्र्यानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका
    यस्तो छ आजको मौसम पुर्वानुमान
    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
    • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
    • इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.