हार्नेको मन दुख्छ, मन नदुखाई अगाडि बढ्न सहमति गर्नु : केपी ओली
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले उपत्यका विशेष प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन् ।
अघिका प्रदेश अधिवेशनलाई लिएर विपक्षीहरुले टीकाटिप्पणी गर्ने अवसर पाएको भन्दै अध्यक्ष ओलीले सर्वसम्मतीको प्रयासका लागि भनेका हुन् । आज (शुक्रबार) अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिस्पर्धामा गएपछि एउटाको जित र अर्कोको हार हुँदा हार्नेको मन दुख्ने बताए । मन नदुखाउनका लागि सर्वसम्मत नेतृत्व चयननै उत्तम विकल्प रहेको उनको भनाई छ ।
‘यहाँ प्रतिस्पर्धा जितेर पनि के–के न ठूलो कुरा पाइने होईन । फेरि सबैले जित्ने होईन, एउटाले जित्छ, अर्कोले हारेपछि मन पनि दुख्छ ।’ उनले भने, ‘सहमति गर्यो भने मन दुख्दैन । मन नदुखाई अगाडि बढ्ने काम सबैभन्दा राम्रो हो नि त । किन मन दुखाउने ?’
यस विभिन्न प्रदेशमा सम्पन्न भएको अधिवेशनमा पनि सकभर सहमतिको प्रयास र कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भन्दा विपक्षी र मिडियाहरुले गलत टीकाटिप्पणी गरेको उनले बताए ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

