शेखर र गगनको सम्बन्ध चिसियो, अर्को समिकरण बनाउने तयारीमा गगन
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध एकजुट भएर मैदानमा खडा भएका डा. शेखर कोइराला र गगन कुमार थापाको समूह यतिवेला तितरवितर भएको छ । १५औं महाधिवेशनमा नेताहरुबीच नेतृत्वको दौड अहिलेदेखि नै सुरू भएपछि यो समूहमा फाटो आएको हो ।
खासगरी कोइरालाले गगनले महत्वकांक्षा पालेको निश्कर्ष निकालेका छन् । अहिले यो समूहमा फाटो आएको गाईँगुईँ चल्न थालेको छ । १४औं महाधिवेशनमा गगन कोईराला समूहबाटै महामन्त्रीमा निर्वाचित भएका हुन् । कोइराला भने सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।
शेखर–गगन समूहमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमा देउवाको प्यानलबाट पराजित प्रदीप पौडेललाई पनि समावेश गराउन यो समूहका दोस्रो तहका नेताहरुको सक्रियता जारी नै छ । तर, हालै शेखरले बोलाएको बालुवाटारको आफूपक्षीय भेलामा भने शर्मा अनुपस्थित् भए । गगन भने पुगेका थिए । त्यसको दुई साता नबित्दै नुवाकोट जिल्ला कार्यसमितिले बोलाएको अर्को महत्वपूर्ण भेलामा भने शेखर नै गएनन् ।
गगनका ससुरासमेत रहेका पूराना नेता अर्जुननरसिंह केसीले शेखर र गगनलाई मिलाउन कसरत गरिरहेका छन् । तर, १५औं महाधिवेशनमा दुवै नेता शेखर र गगनको आँखा सभापतिमा परिसकेकोले अहिले उनीहरु आफू बलियो हुने रणनीतिमा र एकले अर्कोलाई गलाउने कसरतमा व्यस्त छन् । हालै नेपाली कांग्रेसले आयोजना गरेको वीपी साहित्य महोत्सवमा कोइराला परिवारका तीनै जना नेताहरु शेखर, शशांक र सुजातालाई एकै मञ्चमा राखेर विचार–विमर्शसमेत भएको थियो ।
सो कार्यक्रममा तीनै जना नेताहरुले आगामी १५औं महाधिवेशनमा आफूहरु एक ठाउँमा उभिने र आफूहरुमध्ये एक जनाले सहमतिमै सभापतिमा उम्मेद्वारी दिने विश्वास दिलाएका थिए । तर, शशांकले भने अहिले सभापति देउवासँग सहकार्य सुरु गरेका छन् । देउवा र शशांकलाई मिलाउनको लागि पनि दोस्रो तहका नेताहरु सक्रिय छन् ।
खासगरी उनीहरुलाई मिलाउनको लागि सांसदसमेत रहेका संखुवासभाका नेता दीपक खड्काले भूमिका खेलेका छन् । १५औं महाधिवेशन आउँदा नआउँदै शेखर र गगनको समूह विभाजन हुने र गगनले अर्को समूह खडा गर्नेबारे अहिलेदेखि नै हल्ला चलेको छ । कतिपयले अहिलेका उपसभापति एवम् वर्तमान सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र गगन थापाले नयाँ समिकरण बनाउनेगरि गृहकार्य थालेकोसमेत दाबी गरेका छन् ।
देउवाले भने आगामी महाधिवेशनमा आफू नेतृत्वको दौडमा नरहेको कुरा सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । बरु, उनले आफ्नी पत्नी डा। आरजु राणालाई नेतृत्वमा स्थापित गराउनेगरि कदम चाल्न थालेका छन् । उनले सभापतिमा शशांकलाई सघाउने र महामन्त्रीमा श्रीमती आरजुलाई अघि बढाउनेगरि तयारी थालेको कांग्रेसनिकट उच्च स्रोतको दाबी छ । त्यस्तोमा उपसभापति खड्काले गगनलाई साथमा लिएर नयाँ समिकरण बनाउन लागेको अहिलेदेखि नै चर्चा सुरु भएको छ ।
पछिल्लो समय देउवालाई साथ दिएका र भावी दिनमा नेतृत्वमा स्थापित हुनसक्ने नेताहरु नै देउवासँग टाढिएका छन् । खासगरी देउवाका विश्वासपात्र बालकृष्ण खाँण यतिवेला देउवासँग रुष्ट छन् । आफूलाई कांग्रेस सम्मिलित सरकारले नै नक्कली भुटानी शरणार्थी प्रकरणमा फसाएको भनेर खाँणले गुनासो पोख्ने गरेका छन् ।
देउवाले खाँणप्रति कुनै सहानुभूति नै नराखेको पनि चर्चा छ । बरु, यो बीचमा खाँणलाई भेट्न शेखर कोइराला, शशांकहरु जेलमा पुगेका समाचार बाहिरिएका छन् । खाँणले समेत शेखरलाई साथ दिने देखिएपछि देउवाले शशांकलाई साथमा लिन खोजेका छन् ।
उता, शेखरले गगनले १५औं महाधिवेशनमा आफूलाई नेतृत्वमा नसघाउने संकेत पाएपछि अर्को समिकरण बनाउन अहिलेदेखि नै कसरत थालेका छन् । शेखरले १५औं महाधिवेशनमा आफूलाई सघाउने शर्तमा गगनलाई ०७९ को आम निर्वाचनपछि संसदीय दलको नेतामा अघि सारेर सहयोग गरेका थिए । तर, थापा सभापति देउवासँग नराम्रोसँग पराजित भएका थिए ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

