‘प्रधानमन्त्रीको घडी र छोरीको ब्याग सांसद सुनील शर्माले किनेर दिएको हो ?’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल (राजन) ले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भन्नु संविधानमाथिको ठाडो चुनौती बताएका छन् ।
‘यो मुलुकमा कोही राजा छैन, कोही रजौटा छैन । जनताबाट निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति छन् । हाम्रो संविधानले राजालाई चिन्दैन र राजतन्त्रलाई पनि चिन्दैन । राजालाई व्यवस्थाले चिन्दैन । जनता, मुलुक र संसदले पनि चिन्दैन । तर माननीयजीले राजा भनेर ज्ञानेन्द्र शाहको बखान गर्नुभयो । त्यसैले मैले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेको हुँ । यो संविधानमाथिको ठाडो चुनौती हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सभामुखले त रेकर्डबाट हटाउनु भएन नि भन्ने प्रश्नमा दाहालले भने, ‘रेकर्डबाट हटाउने वा नहटाउने सम्माननीय सभामुखको विवेकको कुरा हो । ज्ञानेन्द्र शाहलाई पूर्व राजा भन्न पाइयो । माननीयजीले आफ्नो भाषण, घोषणापत्र, पत्रकारसँग मात्र त्यस्तो शब्दावलि प्रयोग गर्न सक्नुहुन्छ । तर उहाँले पनि संविधानलाई त स्वीकार गर्नुपर् यो नि । संविधानअन्तर्गत सांसद बन्ने, तलब भत्ता खाने अनि संविधान नमान्ने भन्ने कुरा हुन सक्दैन । गणतन्त्रविरुद्ध संसद्मै बसेर ठोस र मूर्त कुरा गर्नु जायज छैन ।’
सांसद दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको दाबी पनि गरे । उनले थपे, ‘दल र नेताहरुप्रति आम जनताको गुनासो छ । तर जनता व्यवस्था विरुद्ध उठेका छैनन् । हिजोका सामन्त, दलाल र प्रतिगामीहरुले मात्र यस्तो प्रचार गरेका हुन् ।’ संसद्मा राप्रपा सांसद राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाइ राजा शब्द प्रयोग गरेका थिए ।
अर्को प्रसंगमा दाहालले संविधान र गणतन्त्रमाथि सुनियोजित आक्रमणमा सत्तापक्षीय सांसद पनि फसेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीको घडी र छोरीको ब्याग उहाँले किनेर दिएको हो ? घडीको मूल्य कति हो ? ब्यागको मूल्य कति पर्छ ? अन्ततः संविधान र गणतन्त्रमाथिको सुनियोजित आक्रमणमा सत्तापक्षीय माननीय पनि फस्नुभएको छ । यो अनावश्यक बहस र प्राविधिक कुरा उठान गरेर व्यवस्थालाई कमजोर बनाउने षडयन्त्र हो । तर कमइीकमजोरी छन् भने प्रधानमन्त्री सच्चाउन तयार हुनुहुन्छ ।’ हिजो संसद्मा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीको घडी र छोरी गंगा दाहालको ब्यागबारे प्रश्न उठाएका थिए ।
योगराज ढकाल रिगलको आम माफीमा कमीकमजोरी भएको र त्यस्ता कानुनी छिद्र बन्द गर्नुपर्ने बहस चलेको पनि दाहालले औंल्याए । उनले भने, ‘यस पटक आममाफी बहसको विषय बनेको छ । यसमा जसले हेर्नुपथ्र्यो, त्यसमा बद्नियत देखिएको छ । सम्बन्धित जेलरबाट यसको कमीकमजोरी सुरु हुन्छ । गृहमन्त्रालयको असावधानी पनि हो । अब यसबारे सम्मानित सर्वोच्च अदालतले निरुपण गर्छ ।’
अर्को प्रसंगमा उनले गठबन्धनको नेतृत्व सहमति बमोजिम मात्र बदलिने पनि बताए । कांग्रेस नेता शेखर कोइरालाको व्यक्तिगत विचारले आकार ग्रहण गर्ने स्थिति नबन्ने ठोकुवा पनि उनले गरे । नेता दाहालले कोसी प्रदेशमा अहिले निर्वाचन जानु बोझ हुने भएकाले अन्तिम समयसम्म प्रयत्न गर्नुपर्ने औंल्याए । उनले थपे, ‘अहिलेको स्थितिमा मध्यावधि निर्वाचन बोझ हुन्छ । कोसी प्रदेशमा अन्तिमसम्म प्रयत्न गर्नुपर्छ । सके सर्वदलीय सरकार नभए, बहुमतीय सरकार बनाऊँ ।’ राप्रपाले एउटा संसदीय समिति दिएर र सभाभुख लिएर सघाउने भद्र सहमति नतोड्ने उनले बताए । तपाईंहरु राजावादीसँग मिल्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सहकार्य र संघर्ष स्वाभाविक हो ।’ दलहरुबीच सहमति नभए संवैधानिक गाँठो फुकाउन मध्यावधिमा जानुपर्ने बाध्यता आउने पनि सांसद दाहालले बताए ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

