कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आइतबार
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ भोलि आइतबार लिने भएका छन्।
आज शनिबार बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। अब उनलाई आइतबार दिउँसो १ बजे शपथ गराउने तयारी रहेको एक नेताले जानकारी दिए ।
कार्कीलाई एमालेका ३९ र काँग्रेसका ८ सांसदले समर्थन गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिएका थिए । उक्त हस्ताक्षरको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सत्तारुढ गठबन्धनले भने नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर गठबन्धनको उक्त निर्णयलाई कांग्रेसकै डा. शेखर कोइराला पक्षले चुनौती दिएपछि आङ्बो मुख्यमन्त्री बन्ने सपना तुहिएको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

