राजीनामा दिँदै थापाले भने: आफूले पाएको अवसर जोगाउन नसक्नु मेरोपनि कमजोरी हो
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएपछि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् ।
उनले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । प्रदेश सभाको निर्वाचन पछि भएको संसदीय दलको चुनावमा आफैसँग चुनाव हारेका कार्की मुख्यमन्त्री बनेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
कार्की आफ्नो पार्टीका ८ र नेकपा एमालेका ३९ सांसद्को समर्थनमा आज मुख्यमन्त्री नियुक्त भएका थिए । संसदीय दलको नेताबाट राजीनामा दिएका थापाले पछिल्लो ४८ घण्टामा घटेका राजनीतिक घटनाक्रममा आफूपनि जिम्मेवार रहेको बताएका छन् । उनले केन्द्र र पार्टीले दिएको निर्देशन र जिम्मेवारपिूरा गर्न नसकेपछि पदबाट राजीनामा दिएको बताए ।
‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो,’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’
थापा यसअघि गत असार २१ र साउन ज्ञठ मा गरि दुईपटक मुख्यमन्त्री बनेका थिए । तर पहिलो पटक सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको र दोस्रो पटक प्रदेश सभाको अध्यक्षता गरिरहेका सभामुखको मत पाएको भन्दै सर्वोच्च अदालतले पदच्यूत गरेको थियो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

