दशैंरतिहारलगत्तै सरकार ढल्ने एमाले नेताहरुको दाबी, गठबन्धन टुटाउन बल गरे एमाले फस्ने प्रचण्डको भनाई
काठमाडौं । कोशी प्रदेशमा एमालेको सहयोगमा कांग्रेसका विद्रोही सांसद केदार कार्की मुख्यमन्त्री बनेसँगै केन्द्रीय राजनीतिमा नै हलचल पैदा भएको छ । एमालेका शीर्ष नेताहरुले नै नै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको आयु तोक्न थालिसकेका छन् । खासगरी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रचण्डको प्रधानमन्त्री पद अब बढिमा दुई महिनामात्रै रहने सनसनीपूर्ण टिप्पणी गरे ।
उनले यति भन्दा आफूले हचुवाको भरमा वा कतै सुनेको भरमा नभएर गम्भीर सूचनाको आधारमा भनेको पनि दाबी गरे । कोशी प्रदेशको प्रभाव केन्द्रसम्म पर्नेमा एमाले नेताहरुको सार्वजनिक अभिव्यक्ति आउन थालेको छ । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले कांग्रेसले बुद्धि पुर्याए एमाले–कांग्रेसको सहकार्य गर्न ढिलाई गर्न नहुने धारणा राख्दै आएका छन् । अध्यक्ष केपी शर्मा ओलीले पनि पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकार जतिसक्दो चाँडै ढाल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन्।
उनले प्रचण्ड सरकार रहेसम्म मुलुक र जनताले दुःख पाउने टिप्पणी गरेका छन् । सरकारविरुद्ध निरन्तर धावा बोल्ने काम कांग्रेसका नेता शेखर कोइरालाले पनि गरिरहेका छन् । उनै शेखरले पार्टीभित्र विद्रोह गराएर आफूनिकट केदार कार्कीलाई एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनाए ।
शेखरलाई एमाले नेतृत्वले केन्द्रीय सरकारको नेतृत्व गर्ने अवसर खेल नफाल्न भनेको कांग्रेस नेताहरुकै दाबी छ । पार्टी सभापति शेरबहादुर देउवाले शेखरको पछिल्लो कदम र एमालेसँगको साँठगाँठलाई लिएर महामन्त्रीयद्धय विश्वप्रकाश शर्मा र गगन थापासँग हिजो गम्भीर छलफल गरेका थिए । शेखरलाई महामन्त्रीद्धयले यसपटक साथ दिएका छैनन् ।
तर, कोशीमा विकसित राजनीतिक घट्ना र उत्पन्न परिस्थितिको भने सभापतिले नै जिम्मा लिनुपर्ने उनीहरुको भनाई थियो । कोशी प्रदेशमा विकास भएको राजनीतिलाई लिएर एमाले नेतृत्व पँक्ति उत्साही रहेको बताईएको छ । कतिपयले दशै, तिहार, छठलगायतका ठूला चाडपर्व सकिएलगत्तै सरकार परिवर्तन हुने पनि भविष्यवाणी गर्न थालेका छन् ।
तर, प्रधानमन्त्री दाहाल भने अहिलेको गठबन्धन संसद्को पूरा कार्यकाल नै रहने दाबी गर्छन् । उनले कोशीमा एमालेले खेल्न खोजेको भएपनि आफूहरुले त्यसलाई रोकेको दाबी सुनाएका छन् । प्रचण्डले गठबन्धन टुटाउने खेले एमाले आँफै फस्दै जाने पनि दाबी गरेका छन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

