• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

आकर्षक मूल्यमा बिक्री हुँदै चितवनको अगौटे सुन्तला

चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउँछन् । उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए । अहिले बजारमा राम्रो मूल्य पाएको बताउँदै उनले भने, ‘कम उत्पादन भएका कारण मूल्य राम्रो पाएको हो ।’

उनले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फर्किएका ३३ वर्षीय बोहोरा सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउँछन् । बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै लाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनले बताए । उनले भने, ‘अहिले सुन्तलाको मूल्य पाएको देखेर आफू सन्तुष्ट छु । अन्य साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ ।’ अझै सुन्तलाको मूल्य बढ्नेमा उनी विश्वस्त रहेको बताउँछन् । गएका वर्षहरुमा यति बेला प्रतिकिलो रु ७० हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो ।

सुन्तलाले मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान निकै हर्षित छन् । इच्छाकामना गाउँपालिका–३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, ‘अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।’

बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, ‘अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो ।’ २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए । आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उनले बताए । उनले वार्षिक रु चारदेखि पाँच लाखसम्मको सुन्ताल बेच्दै आएका छन् ।

इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउँछन् । उनले भने, ‘बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।’ केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए । यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.