Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

क्रुर प्रेमिका, जसले आफ्नै प्रेमीको हत्या गरी उसकै मासु कामदारलाई खुवाइन्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, १५
क्रुर प्रेमिका, जसले आफ्नै प्रेमीको हत्या गरी उसकै मासु कामदारलाई खुवाइन्

एजेन्सी । दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर प्रेमीकै शवको मासु पकाएर कामदारलाई खुवाएकी छिन् । ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरी उनको शवको मासु र बिरयानी बनाएर कामदारलाई खुवाएकी हुन् ।

ती महिलाको नाम भने खुलाइएको छैन । उनले दुबईको अल एनस्थित आफ्नो घरमा प्रेमीको हत्या गरेकी थिइन् । उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएपछि रिसको झोंकमा महिलाले हत्या गरेकी जनाइएको छ ।

पुलिस अधिकारीका अनुसार ती महिलाले आफ्ना प्रेमीको मासुलाई ब्लेन्डरमा पिसिन् र बिर्यानीजस्तो बनाएर उनको घर नजिकै रहेका पाकिस्तानी कामदारलाई खुवाएकी हुन् ।

हत्या गरिएका व्यक्तिको दाजुले उनी हराइरहेको उजुरी दिएपछि यस बारे अनुसन्धान थालिएको हो । ती व्यक्ति भाइ बस्ने घरमा गएको तर महिलाले उनलाई घरबाट निकालिदिएको र उनी कहाँ छन् भन्ने बारे थाहा नभएको बताएपछि पुलिसको सहारा लिइएको थियो ।

मृतकका दाजुलाई उद्धृत गर्दै डेली मेलका अनुसार पुलिसले ती महिलाको ब्लेन्डरमा मानव दाँत भेटेपछि यसबारे पर्दाफास भएको हो । डिएनए टेस्टले उक्त दाँत हराइरहेका व्यक्तिकै भएको पत्ता लगाएपछि उनकी प्रेमिकालाई पक्राउ गरिएको हो ।

पक्राउ परेपछि ती महिलाले आफूले प्रेमीको हत्या बदला लिन गरेको बताइन् । प्रेमीको शवलाई ठेगान लगाउन साथीको सहयोग माग्दा साथीले अस्विकार गरेपछि आफूले शवलाई टुक्रा पारेर कामदारलाई खुवाएको जानकारी दिइन् । पुलिसले यस बारे थप अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स