कांग्रेसको संस्थापन इतरसमूहको बैठक आज, गगन पनि सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरसमूहको बैठक आज बस्दैछ । पार्टीका नेता डा।शेखर कोइरालाले नेतृत्व गरिरहेको इतरसमूहको बैठक आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ ।
नेता शेखर कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरूसँग छलफल गर्न लागेका हुन्।
उनले समूहको नेतृत्वकर्ता मध्येका अर्का नेता महामन्त्री गगन थापासँग सल्लाह नगरी बैठक राखेका थिए । तर सोमबार थापा र कोइरालाबीच तीन घण्टासम्म भएको छलफलपछि हिजै बस्ने भनिएको बैठक एक दिन सारेर आज बस्न लागेको हो ।
कोइराला र थापाबीच कांग्रेस नेता अर्जुननरसिंह केसीको निवास बूढानीलकण्ठमा भएको भेटघाट सम्बन्ध सुधार गर्नमा केन्द्रित थियो ।
पछिल्लो समय बोलचाल समेत नभएका यी दुईबीच उक्त भेटमा मिलेर फेरि संगठित हुने सहमति भएको बताइएको छ । यो सहमतिपछि आजको बैठकमा थापा पनि सहभागी हुने भएका छन् ।
असोज अन्तिम साता आकस्मिकरुपमा पार्टीमा विद्रोह गर्दै कोशी प्रदेशका आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाएका शेखर र महामन्त्री थापाबीच त्यहाँदेखिनै सम्बन्धमा दरार आएको बताईएन्छ । तर, पछिल्लो समय पुन कांग्रेस नेता अर्जुननरसिंह केसीको मध्यस्ततामा भएको वार्तापछि शेखर र गगनबीच सहमति भएको दाबी गरिएको छ।
कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सार्ने तयारी गरेको छ। पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले फागुनमा पुर्याउने तयारी गरेको कांग्रेसकै नेताहरूले बताउन थालेका छन्। त्यसका लागि रणनीति बनाउन बैठक बोलाइएको इतर पक्षको दाबी रहेको छ।
नीति महाधिवेशनको रूपमा हेरिएको महासमिति बैठकमा पार्टी नेतृत्व र सरकारको तीव्र आलोचना हुने सम्भावना देखिएपछि सभापति शेरबहादुर देउवा तेस्रो पटक बैठक सार्ने मनस्थितिमा पुगेका छन्।
आसन्न राष्ट्रियसभा निर्वाचनलाई कारण देखाएर देउवाले पुस १६ देखि १९ सम्मका लागि तय गरिएको महासमिति बैठकलाई फागुनमा पुर्याउन खोजेका छन् ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

