एमालेको संकल्प यात्रा चिवाभञ्याङमा राष्ट्रिय झन्डा फहराएर आज सकिँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) मंसिर १४ गतेदेखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज समापन हुँदैछ ।
सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा आज चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो । ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय’ नाम दिएको एमालेको यात्रा आइतबार पाँचथरको चिवाभञ्याङमा राष्ट्रिय झन्डा फहराएर समापन गर्ने कार्यक्रम छ ।
पुष्पलाल (मध्य पहाडी) लोकमार्गलाई केन्द्रित गरी एमालेले यो अभियान आज १ सय १ किलोमिटर यात्रा गरेर चिवाभञ्ज्याङ पुग्न लागेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौं फर्किदैछ ।
झन्डै दुई हजार किलोमिटर लामो यात्रा छिचोल्ने गरी सुरु भएको यो यात्रा आज १७ औँ दिनमा समापन हुन लागेको हो ।संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

