जहाँ बेहुलाका साथीहरुले उतार्छन् बेहुलीका कपडा
एजेन्सी । संसारमा अलग अलग खाले रीतिरिवाज र परम्परा हुन्छन् । चीनको एउटा परम्पराले पनि तपाईलाई चकित पार्न सक्छ । यहाँ विवाहपछि बेहुलाका साथीहरुले बेहुलीलाई आफ्नो काँधमा राखेर उठाउँछन् । त्यसपछि बेहुलीको कपडा उतार्छन् । तर, दुलहाले यसको विरोध गर्दैनन् ।
बरु, दुलहीका साथीहरुले ती केटाहरूलाई रोक्ने कोसिस गर्छन् । यदी दुलहाका साथीहरु दुलहीको कपडा उतार्न सफल भए भने दुलहा पक्षले जितेको मानिन्छ । यदी, दुलहीका साथीहरु आफ्नी साथीलाई बचाउन सफल भए भने दुलही पक्षले जितेको मानिन्छ ।
यतिमात्रै होइन, विवाहको खेल खेल्ने नाममा नवविवाहित जोडीले कम्बलमा पल्टने र सुहागरातको अभिनय गर्नुपर्ने हुन्छ । पाहुनाहरूले दुलहीलाई किस गर्ने, स्ट्रिप गर्ने, उनको शरीरमा स्याही वा यस्तै केही कुराहरु फ्याँकिदिने, उनको कपडा तानि दिने लगायत परम्परा समेत छ ।
विश्वभर यस परम्पराको विरोध भएपछि चीनको एक शहरले अब वैवाहिक समारोहमा यस्तो उच्छृङ्खल खेल खेलाउन प्रतिबन्ध लगाएको छ । चीनको सेनडान्ग प्रान्तस्थित जोजिङ सिटीले भर्खरै एक नोटिस जारी गरेको छ । जसमा उल्लेख छ, ‘विवाहका दौरान दुलहा वा दुलहीलाई स्ट्रिप गर्न, उनीहरुलाई बाँध्न र उनीहरुमाथि कुनै पनि तरिकाले जबर्जस्ती गर्न प्रतिबन्ध छ ।’
यस सूचनामा विवाहका लागि आएका पाहुनाले दुलहा वा दुलहीलाई जर्बजस्ती किस गर्न र गर्न लगाउन, नवविवाहितहरुको हात र खुट्टामा कुनै चिज लगाइदिन वा उनीहरु मार्फत, उत्शृंखल प्रस्तुति गराउन प्रतिबन्ध लगाइएको उल्लेख छ ।
सन् २०१८ मा चीनको शहर गोईज्हुमा एक दुलहाका साथीहरुले उनको पुरै कपडा उतारिदिएका थिए । २४ वर्षका यी व्यक्ति केवल आफ्नो अन्डरवेयर लगाएर बसेका थिए र उनको शरीरमा साथीहरुले स्याही फालिदिएका थिए । विवाहको परम्परा भन्दै साथीहरुले निकै हंगामा मच्चाएका थिए । त्यसपछि साथीहरूबाट बचेर भाग्ने क्रममा यी व्यक्ति कारमा गएर ठोक्किएका थिए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

