• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १५ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १७ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २० घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • २१ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • २३ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • २३ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

सतीघाटलाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थल बनाउन गुरुयोजना

जानकारी केन्द्र २०८०, पुष, ६
डुम्रे (तनहुँ)। तनहुँको भानु नगरपालिका–१ रहेको सतीघाटलाई नगरपालिकाले ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउने भएको छ । हिमालबाट आएको कर्मदा नदी (मस्र्याङ्दी किनार)सतीघाट (गाईथुने)लाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थलका रुपमा विकास गर्न गुरुयोजना बन्ने भएको हो ।
सतीघाटको विकासमा पहल’ शीर्षकमा हालै एक समाचार प्रकाशित भएको थियो । त्यसपश्चात् यस घाटको संरक्षण र विकासका बारेमा स्थानीयस्तरमा छलफल भएपछि गुरुयोजना बनाउन लागिएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय विभूति एवं नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यको समाधीस्थल सतीघाट क्षेत्रलाई प्रवर्द्धन गरी व्यवस्थित र आधुनिक शवदाहस्थल निर्माण गर्नका लागि गुरुयोजना बनाउने नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । ऐतिहासिक, धार्मिक र साहित्यिक तीनै क्षेत्रबाट महत्त्वपूर्ण रहेको सतीघाटधामको समग्र विकास गर्न लागिएको उनले बताए ।
“त्रिपक्षीयरुपमा सतीघाट महत्त्वपूर्ण छ । यस्ता ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो जिम्मेवारी र दायित्व हो”, त्रिपाठीले भने, “सोहीअनुरुप गुरुयोजना बनाएर अगाडि बढ्ने लक्ष्यका साथ काम हुँदैछ ।”
“सतीघाट धार्मिकरुपमा निकै महत्त्वपूर्ण स्थान हो । आदिकवि भानुभक्त आचार्यको समाधीस्थल भएकाले ऐतिहासिक एवं साहित्यिकरुपमा पनि यसको संरक्षण र प्रवर्द्धन गर्नसके यस क्षेत्रको विकासमा टेवा पुग्ने देखिन्छ”, नगर उपप्रमुख उमा गोतामेले भने । हरिबोधनीको एकादशीका दिनमा मस्र्याङ्दी नदीमा फूलडोली, तोरन टाँङ्ने परम्परा रहिआएको जनाउँदै उनले यस धामलाई प्रतिष्ठानका रुपमा विकास गर्न गुरुयोजना बनाउने पहल भइरहेको उनले बताए । आदिकविको नामसँग जोडिएको नगरपालिका भएकाले पनि यस क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिएको उनको भनाइ थियो ।
नगरपालिकाको आगामी हिउँदे अधिवेशनमा उक्त क्षेत्रमा बाटो र ट्रस निर्माणका लागि बजेट विनियोजन गरेर काम गर्ने योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । बजेट विनियोजन भएपछि निर्माण अगाडि बढाउने योजना बनाइएको भन्दै अहिले आवश्यक छलफल र परामर्श भइरहेको उनले जानकारी दिए ।
सतीघाटधाम विकासका लागि समितिमार्फत काम गर्न सहज बनाउने उद्देश्यले तदर्थ समिति गठन गरिएको छ । भानु नगरपालिकाको संरक्षकत्वमा १५ सदस्यीय तदर्श समिति गठन गरिएको पौडेलले जानकारी दिए । उनका अनुसार यहाँ आयोजित सरोकारवालाको भेलाले भानु–१ निवासी कृष्णकुमार श्रेष्ठको अध्यक्ष्यतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा भानु–१ का प्रेमबहादुर थापा, सचिवमा भानु–५ का दीपक थापा, कोषाध्यक्षमा भानु–१ का भरत बानियाँलाई चयन गरिएको छ । समितिको सदस्यमा भानु–१ का मिठु गन्दर्भ, ईश्वरी थिङ त्रिपाठी, सोम तामाङ, सुरेन्द्र कुमार श्रेष्ठ र रनबहादुर विक, भानु–२ का शिवदत्त ढकाल, भानु–३ का पुनम श्रेष्ठ र लक्ष्मी चिलुवाल त्रिपाठी, भानु–४ का शङ्कर रानाभाट, भानु–६ का ध्रुव थापा र हरि ढकाल चयन भएका छन् । उक्त भेलाबाट सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको तदर्थ समितिका सचिव दिपक थापाले जानकारी दिए ।
“नेपाली भाषा एकीकरणका नायक आदिकवि आचार्यसँग सम्बन्धित कयौँ विषयवस्तु र क्षेत्रका बारेमा खोज तथा अनुसन्धान गर्नुपर्ने छ । विश्वव्यापीरुपमा प्रख्यात व्यक्तित्व भानुभक्तको पुस्ता, उहाँको जीवनी, जन्मस्थल, बाल्यकाल, युवा अवस्था र वृद्धावस्थाका साथै उहाँको अन्त्येष्टिलगायत विषय खोजी गर्नुपर्ने देखिन्छ”, सचिव थापाले भने । उनका अनुसार तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित धर्मशाला (शिखर कटेरी) मा विसं १८७१ असार २९ गते जन्मेका आचार्यको बाल्यकाल, युवा र वृद्धावस्था, उनको अन्त्येष्टिका विषयमा प्रचारप्रसार र प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेका छन् ।
भानुभक्तको विसं १९२५ असोज ७ गते देहावसन भएको थियो । देहावसनको मिति शिलापत्रमा लेखिएको पाइएको भानुभक्त जन्मस्थल विकास समितिका निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार प्रचारप्रसार नभएकाले भानुभक्तको निधन भएपश्चात् उनको पार्थिव शरीरको अन्त्येष्टि (समाधि) गरिएको स्थानका बारेमा अधिकांश साहित्यकार तथा साहित्यसँग सम्बन्धित सङ्घसंस्था वा स्थानीय नै जानकार छैनन् ।
जन्मस्थलको विकास, संरक्षण र प्रवर्द्धन पनि प्रभावकारीरुपमा हुन नसकेको भन्दै समाधिस्थल थप ओझेलमा परेको रानाभाटको भनाइ थियो । आचार्यका बारेमा सरकारी पक्ष र उनकै सन्ततिबाट खोज तथा अनुसन्धान हुनुपर्ने भन्दै नगपालिकाले थालेको गुरुयोजनाबाट यस स्थानको प्रचारप्रसार हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
“भानुभक्तको जन्मस्थल र उहाँसँग जोडिएका क्षेत्रको जति प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन । अधिकांश व्यक्तिलाई भानुभक्तको जन्मस्थलको बारेमा जानकारी भए पनि उहाँसँग सम्बन्धित केही स्थानका बारेमा हालसम्म अनभिज्ञ छन्”, रानाभाटले भने, “राष्ट्रिय विभूती भानुभक्तको अन्त्येष्टि गरिएको स्थानका बारेमा थप खोजी गरी यसको संरक्षण गरिनुपर्छ ।” उनका अनुसार मस्र्याङ्दी करिडोर (हिमालबाट आएको कर्मदा नदी)अन्तर्गत तनहुँको भानु–१ सतीघाट (गाईथुने)मा भानुभक्तको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो ।
ऐतिहासिक एवं धार्मिकरुपमा परिचित अन्त्येष्टिस्थल सतीघाटको बारेमा अधिकांश मानिस अनविज्ञ छन् । भानुभक्तसँग सम्बन्धित स्थानको संरक्षण र संवद्र्धनमा स्थानीयले चासो नदिँदा विशेष महत्त्व राख्ने यस क्षेत्र ओझेलमा परेका हुन् ।
त्यस समयमा नेपालका सनातनी ब्राह्मणले आफ्नो अन्त्यावस्था तीर्थस्थलमा बिताउने अभिलाषा राख्दथे । सोही अनुरुप भानुभक्तलाई पनि अन्त्यावस्थामा मस्र्याङ्दी नदीको सतीघाट (गाईथुने)मा लगी जलाश्रयमा राखिएको उल्लेख छ । यो घाट चुँदीबेसीबाट करिब दुई कोस पूर्वमा पर्दछ । यस ठाउँ डुम्रेबाट भन्सार हुँदै लमजुङतर्फ जाने मुख्य राजमार्गको नजिकै पर्दछ ।
सतीघाट (गाईथुने) मा दुई वटा घाट रहेका जन्मस्थल विकास समितिका निर्देशक रानाभाटले जानकारी दिए । उनका अनुसार दुई घाटमध्ये माथिल्लो मन्दिरसमेत रहेको स्थानमा भानुभक्तको अन्त्येष्टि गरिएको हो । उनले भने, “तल्लो घाटमा गाउँका अन्य व्यक्तिको अन्त्येष्टि गरिन्छ । माथिल्लो घाटमा समाजका प्रतिष्ठित व्यक्तित्वको अन्त्येष्टि गर्ने प्रचलन थियो । त्यसैले माथिल्लो घाटमा नै उहाँको अन्त्येष्टि गरिएको हो ।”
आर्थिक अवस्था, सडक तथा सवारी अभावलगायत कारणले पार्थिव शरीरको अन्त्येष्टिका लागि अन्यत्र लैजाने प्रचलन नभएको रानाभाटले बताए । उनीसँग सम्बन्धित केही पुस्तकमा सतीघाटका बारेमा उल्लेख भएको जनाउँदै यस क्षेत्रको विकास र प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको उनको भनाइ थियो
भानुुभक्तका पनाती हरिनाथ आचार्य भानुभक्तको अन्त्येष्टि गरिएको स्थान सतीघाट भएको बताए । उनको अन्त्येष्टि सतीघाटमा भएको सुन्दै आएको उनले बताए। उनले भने, “पहिलेदेखि सतीघाटको प्रवर्द्धन गर्न सकिएको छैन । आदिकवि भानुभक्तको समाधि स्थलको प्रचारप्रचार नहुँदा ओझेलमा परेको छ । यसलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्छ ।”
“राष्ट्रिय विभूतीको सम्मान भइसकेपछि उनीसँग सम्बन्धित स्थानहरु त्था समाधिस्थलको पनि विकास र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्नुपर्छ । जसले गर्दा यस क्षेत्र सदैव जीवन्त रहोस्”, पनाती आचार्यले भने । भारतमा गान्धीको समाधि स्थललाई विकास र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनसँग जोडेर आयसँग जोडिएको उनले उदाहरण दिए । उनले भने, “सोहीअनुरुपमा नै यस क्षेत्रमा रहेको भानुभक्तको समाधिस्थललाई धार्मिक पर्यटनसँग जोडी यहाँको आयवृद्धि गर्न सक्नुपर्छ ।”
नगरपालिकाले भानुभक्तसँग सम्बन्धित विषय तथा समाधिस्थलको संरक्षण, प्रवर्द्धन र विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख त्रिपाठीले बताए । उनले भने, “जन्म, बाल्यावस्था र वृद्धावस्था, उहाँले गर्नुभएका कामका बारेमा विभिन्न शिलापत्र तथा पुस्तकमा उल्लेख भए पनि समाधिस्थलको कमै मात्र चर्चा हुने गरेको छ । यसलाई विकास गर्न आवश्यक भएकाले नगरपालिकाले गुरुयोजना बनाएर लागिपरेको छ ।”
धार्मिक तथा ऐतिहासिक क्षेत्र सतीघाट
भानुभक्तको समाधिस्थल मात्रै नभएर यस ठाउँ धार्मिक तथा ऐतिहासिक क्षेत्रका रुपमा सतीघाटलाई लिने गरिएको छ । डुम्रे भन्सारमा सामान ढुवानी र मुख्य आवतजावतको स्थलका रुपमा पनि सतीघाट परिचित छ ।
डुम्रे बजार मुख्य व्यापारिक केन्द्र हुँदा त्यहाँबाट सामग्री ल्याएर बिक्री वितरणका लागि लैजान पनि यही बाटो हुँदै डुङ्गा, काठको फेरीमार्फत मस्र्याङ्दी नदी पार गरी गोर्खा हुँदै नुवाकोट, काठमाडौँ पु¥याउने गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा भन्सार रहेको र यस क्षेत्रमा नै कर लिने प्रचलन थियो ।
सतीघाट परापूर्वकालदेखि नै धार्मिक एवं ऐतिहासिकरुपमा महत्त्वपूर्ण रहेको त्रिपाठीले बताए । उनका अनुसार विशेषगरी बुटवलबाट बन्दीपुर हुँदै आएका कपडा तथा खाद्यान्न सामग्री गोरर्खा, नुवाकोट हुँदै काठमाडौँ लगिने गरिन्थ्यो । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको यस स्थानको विकास र संरक्षणका लागि गुरुयोजना निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।
“भानुभक्तसँग सम्बन्धित विषय भएकाले जनस्तरसँग समन्वय गर्दै सतीघाट संरक्षण समिति तथा संवद्र्धन समिति निर्माण गरी गुरुयोजना बनाउने र समितिमार्फत विकास गर्ने तयारी गरेका छौँ”, त्रिपाठीले भने, “यसका लागि बजेट पनि विनियोजन गर्ने छौँ । पुरानो क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पुल निर्माण गर्ने योजना बनाएका छौँ ।”
बाइसेचौबिसे राज्यका बेलामा सेनाले पदयात्रा गर्ने मुख्य नाका यही रहेको उनले जानकारी दिए । बाइसी÷चौबिसी राज्यका बेलामा सेनासहित पृथ्वी नारायण शाहले बाटो प्रयोग गरेको इतिहास छ । शाहले राज्य एकीकरणको समयमा कालु पाण्डेलगायत सेना सतीघाट (मस्र्याङ्दी नदी) पार गरी आवतजावत गर्ने मुख्य बाटो भएको स्थानीय बताउँछन् । तनहुँ सुरका राजा, गोर्खाली राजा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने मुख्य नाका यही भएकाले यसक्षेत्र विशेष महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.