राष्ट्रिसभा निर्वाचन : कोशी कांग्रेसले गर्यो सिटौलादेखि सुजता कोइरालासम्मको नाम सिफारिस
काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेस कोशी प्रदेशले ४ जना पूर्वमन्त्रीसहित ९ जनाको नाम सिफारिस गरेको छ ।
प्रदेश सभापति उद्धव थापाको अध्यक्षतामा बसेको प्रदेश कार्यसमितिको बैडकले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुको नाम सिफारिस गरेको हो । प्रदेश कार्यसमितिले पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री सिटौलासहित पूर्व अर्थमन्त्री महेश आचार्य, पूर्व परराष्ट्रमन्त्री सुजता कोइराला, पूर्व रक्षामन्त्री डा. मीनेन्द्र रिजालको नाम सिफारिस भएको छ ।
यसैगरी पूर्वसंघीय सांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिसमा परेका छन् ।
सिटौला र कोइराला गत वर्षको संघीय निर्वाचनमा पराजित भएका थिए भने रिजाल र आचार्यले टिकट नै पाएका थिएनन् । त्यस्तै युवा नेता घिमिरेपनि गत वर्षको प्रदेश सभा निर्वाचनमा पराजित भएका उम्मेदवार नै हुन् । माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सीटका लागि निर्वाचन हुँदैछ ।
यसपटक कांग्रेसमा राष्ट्रिय सभामा गएर अध्यक्ष बन्ने पूर्व महामन्त्री सिटौलाको तयारी रहेको छ । तर,कांग्रेसकै संस्थापन इतर समूहले उनलाई रोक्ने प्रयास गरिरहेका छन् ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

