• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ६ घण्टा 

२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम
  • ७ घण्टा 

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा
  • ७ घण्टा 

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
  • ८ घण्टा 

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु
  • ९ घण्टा 

रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो
  • १० घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

  • २. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ३. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ८. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • ९. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • १०. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

जानकारी केन्द्र २०८०, पुष, १२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्ने बताउका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित छलफलका क्रममा उनले आगामी वर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रियामा गुणात्मक परिवर्तन गरिने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले जिम्मेवार निकायले प्रधानमन्त्रीको निर्देशनलाई पालना गर्नुको कुनै विकल्प नभएको बताए । “हाम्रो जिम्मेवारी राष्ट्र बनाउनु छ, जनताको आशा बचाउन पनि हामीले गम्भीररूपमा काम गर्नुपर्छ”, उनले भने, “यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला, हामीले काम गर्न सक्दैनौँ भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला ।”

आफूले देशवासीका नाममा गरेको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको प्रधानमन्त्री दाहालले बताए । देशवासीका नाममा हालै गरेको सम्बोधन अक्षरशः लागू गरिने उनको भनाइ थियो । अब कामका आधारमा मन्त्री तथा कर्मचारीको मूल्याङ्कन गरिने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “म अलि उदार भएँ, मन्त्रालयलाई सहज छाडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु । देशवासीका नाममा भएको सम्बोधनका क्रममा व्यक्त विषयलाई आत्मसात् गर्नुहोला ।”

प्रधानमन्त्री दाहालले आजै आफूले प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गर्ने उद्घोष गर्दै अन्य काम पनि क्रमशः अगाडि बढ्ने बताए । सरकारको काममा प्रभावकारिता ल्याउन मन्त्रालयगत छलफल थालेको उल्लेख गर्दै उनले जनताका लागि अझ राम्रो काम गर्ने सङ्कल्पका साथ छलफल प्रारम्भ गरिएको बताए । “मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउँछन्, यसमा सचेत हुनुहोला”, उनले भने ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको निर्माण कार्यलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको, नागढुङ्गा सुरूङमार्ग निर्माणको काम अपेक्षित गतिमा अगाडि बढेको, हुम्ला सदरमुकाम सिमकोटसम्म सडक विस्तार र कालोपत्र गर्ने प्रक्रियालाई प्राथमिकता दिइएको बताए । जुनसुकै विकल्पमा गएर भए पनि निर्माण व्यवसायीको पुरानो भुक्तानी टुङ्गो लगाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री ज्वालाले स्रोत सुनिश्चिततामा लचिलो प्रक्रिया अपनाउनुपर्ने, राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी नहुने गरी कार्यक्रम तर्जुमा गर्नुपर्ने, भौतिक पूर्वाधारका निम्ति देखापर्ने समस्या सम्बोधनका निम्ति छाता कानुन वा उच्चस्तरीय संयन्त्र आवश्यक रहेकामा जोड दिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रष्ठले विकास ऐन तर्जुमालाई उच्च प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । मुख्यसचिव डा बैकुण्ठ अर्यालले निर्माण व्यवसायीको बाँकी भुक्तानीको सहजीकरणका निम्ति आवश्यक काम भइरहेको तथा सडक पुलको बजेटमा दायित्वको दबाब बढिरहेको बता ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले मन्त्रालयमार्फत प्रदान गरिने सेवाप्रवाहका निम्ति आवश्यक पर्ने ऐनको मस्यौदा तयार गरिएको उल्लेख गर्दै सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरणको अवधारणाअन्तर्गत नियमावलीको मस्यौदाको काम भइरहेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम
११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

ताजा

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल

२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.