बालकुमारी घटनामा ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति दिन मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यायलमा बैठक केहिबेरमा बस्नेछ ।
आजको बैठकमा शुक्रबार ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गुमाएका २ जना र घाइते भएकाहरुको परिवारलाई क्षतिपूर्ति दिनेबारेमा निर्णय हुनेछ ।
बालकुमारीमा शुक्रबार आन्दोलनकारीले यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीले गोली चलाउँदा २ जनाले ज्यान गुमाएका थिए ।
यसैबीच सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहको परिवारलाई जनही १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बिहान सुरक्षा निकायका अधिकारीसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन् । दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकले थप निर्णय गर्नेछ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

