बालकुमारी घटनाः मन्त्रीद्वय श्रेष्ठ र ज्वालाको राजीनामा माग्दै चर्कियो आन्दोलन
काठमाडौं । गत शुक्रबार दुई जना युवाहरुको ज्यान जाने गरी बालकुमारीमा भएको घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन चर्किएको छ । उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै आन्दोलनलाई उग्र बनाएका छन् ।
शुक्रबार ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षाको विवादलाई लिएर ईपिएस कार्यालय घेर्न गएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । सो घटनामा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
सो घटनालाई लिएर आज (आईतबार) वीरेन्द्रनगरमा युवाहरुले आन्दोलन चर्काएका हुन् । उनीहरुले मुख्य सडक चक्काजाम गरेका छन् । सोही घटनालाई लिएर हिजो पनि प्रदर्शन भएको थियो । प्रर्दशनकारीहरुले राज्यले जबरजस्ती प्रदर्शन दवाउन खोजे जुनसुकै अप्रिय घटना घट्नसक्ने चेतावनी दिएका छन् ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

