माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो
बेलबारी (मोरङ) । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लियपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ ।
किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले जानकारी दिए । “प्रदेशका विभिन्न ठाउँमा नमुना जाँच गरिएको धेरैजसो माटोमा ८० प्रतिशत अम्लियपन फेला परेको छ । दशवर्ष अघिभन्दा अहिले झण्डै २५ प्रतिशत हाराहारीमा अम्लियपन बढेको छ”, उनले भने।
मोरङ बेलबारी नगरपालिकाको सहजीकरण तथा प्रयोगशालाको आयोजनामा बेलबारीस्थित घुम्ती प्रयोगशालामार्फत माटो परीक्षण शिविरमा स्थानीय ५६ किसानको सहभागिता थियो ।
उक्त शिविरमा किसानद्वारा परीक्षणका लागि ल्याइएका माटोको अम्लिय, क्षारीय, नाईट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ र माटोको भूवनोट जाँच गरिएको प्रमुख यादवले जानकारी दिए । उनका अनुसार समग्र प्रदेशभरीको माटोमा प्राङ्गारिक मलको मात्रा निकै कम देखिएको छ । “जसमा नाईट्रोजन ५६, फस्फोरस ६२ र पोटास ७४ प्रतिशतले कमी देखिएको छ । यो खेतीयोग्य जमिनका लागि दुर्भाग्य हो”, उनले भने ।
अम्लियपन माटोमा प्रत्येक वर्ष बढ्दै गएको छ । बर्सेनि रासायनिक मलको प्रयोग बढ्दै जानु र प्राङ्गारिक मलको प्रयोग घट्नु, बाली सघनता बढ्नु र बाली चक्र नअपनाउनाले माटोको उर्वरा शक्ति घट्दै गएको प्रमुख यादवको भनाइ थियो ।
“माटोमा रासायनिक मलको प्रयोग बढ्दो छ । सन्तुलित रुपमा मलको प्रयोग गर्दै प्राङ्गारिक पदार्थ बढाउनुपर्छ”, कृषि विज्ञ राजेन्द्र उप्रेतीले भने, “बालीचक्र बिचमा एक पटक कोसेबाली लगाउनु अनिवार्य छ ।” सजिलोको नाममा मकै, धानलगायत बाली उठाइसकेपछि बोटलाई खेतमै जलाउने गर्नाले माटोको गुणलाई नष्ट गरी गड्यौला, कमिलालगायत जीवलाई समेत नष्ट गर्ने उनले बताए ।
“माटोमा पाइने गड्यौला, कमिलालगायत जीवले माटोलाई उर्वर बनाउन मद्दत गर्छन्”, कृषि विज्ञ उप्रेतीले “यसरी खेतमा आगो लगाउँदा ती जी जलेर नष्ट हुँदा माटोको उर्वराशक्तिमा पनि कमी ल्याउछ ।” माटोमा भएको अम्लियपन सुधारका लागि खेतीयोग्य जमिनमा हुने उत्पादन क्षमता कायम राख्नुपर्ने उहाँको भनाइ थियो । माटोको उत्पादन बढाउन नियमित माटो परीक्षण गराउने, चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनेलगायत काम गर्नुपर्ने कृषि प्राविधिकले सुझाव दिएका छन् । रासस
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
