• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २९, २०८२
आइतबार, असार २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ४. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ७. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

  • ९. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • १०. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो

बेलबारी (मोरङ) । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लियपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ ।

किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले जानकारी दिए । “प्रदेशका विभिन्न ठाउँमा नमुना जाँच गरिएको धेरैजसो माटोमा ८० प्रतिशत अम्लियपन फेला परेको छ । दशवर्ष अघिभन्दा अहिले झण्डै २५ प्रतिशत हाराहारीमा अम्लियपन बढेको छ”, उनले भने।

मोरङ बेलबारी नगरपालिकाको सहजीकरण तथा प्रयोगशालाको आयोजनामा बेलबारीस्थित घुम्ती प्रयोगशालामार्फत माटो परीक्षण शिविरमा स्थानीय ५६ किसानको सहभागिता थियो ।

उक्त शिविरमा किसानद्वारा परीक्षणका लागि ल्याइएका माटोको अम्लिय, क्षारीय, नाईट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ र माटोको भूवनोट जाँच गरिएको प्रमुख यादवले जानकारी दिए । उनका अनुसार समग्र प्रदेशभरीको माटोमा प्राङ्गारिक मलको मात्रा निकै कम देखिएको छ  । “जसमा नाईट्रोजन ५६, फस्फोरस ६२ र पोटास ७४ प्रतिशतले कमी देखिएको छ । यो खेतीयोग्य जमिनका लागि दुर्भाग्य हो”, उनले भने ।

अम्लियपन माटोमा प्रत्येक वर्ष बढ्दै गएको छ । बर्सेनि रासायनिक मलको प्रयोग बढ्दै जानु र प्राङ्गारिक मलको प्रयोग घट्नु, बाली सघनता बढ्नु र बाली चक्र नअपनाउनाले माटोको उर्वरा शक्ति घट्दै गएको प्रमुख यादवको भनाइ थियो ।

“माटोमा रासायनिक मलको प्रयोग बढ्दो छ । सन्तुलित रुपमा मलको प्रयोग गर्दै प्राङ्गारिक पदार्थ बढाउनुपर्छ”, कृषि विज्ञ राजेन्द्र उप्रेतीले भने, “बालीचक्र बिचमा एक पटक कोसेबाली लगाउनु अनिवार्य छ ।” सजिलोको नाममा मकै, धानलगायत बाली उठाइसकेपछि बोटलाई खेतमै जलाउने गर्नाले माटोको गुणलाई नष्ट गरी गड्यौला, कमिलालगायत जीवलाई समेत नष्ट गर्ने उनले बताए ।

“माटोमा पाइने गड्यौला, कमिलालगायत जीवले माटोलाई उर्वर बनाउन मद्दत गर्छन्”, कृषि विज्ञ उप्रेतीले “यसरी खेतमा आगो लगाउँदा ती जी जलेर नष्ट हुँदा माटोको उर्वराशक्तिमा पनि कमी ल्याउछ ।” माटोमा भएको अम्लियपन सुधारका लागि खेतीयोग्य जमिनमा हुने उत्पादन क्षमता कायम राख्नुपर्ने उहाँको भनाइ थियो । माटोको उत्पादन बढाउन नियमित माटो परीक्षण गराउने, चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनेलगायत काम गर्नुपर्ने कृषि प्राविधिकले सुझाव दिएका छन् । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
    आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

    नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

    तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो
    • नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
    • तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने
    • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    • कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.