• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ फागुन २०८२, मङ्गलबार
१९ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

ग्रिनसिफ्ट अभियानद्धारा खुला फोटोग्राफी प्रतिस्पर्धाका लागि आव्हान

काठमाडौं । युरोपियन युनियनको सहयोगमा सन्चालित ग्रिनसिफ्ट परियोजनाले राष्ट्रिय स्तरको खुल्ला फोटोग्राफी प्रतिस्पर्धाका लागि आव्हान गरेका छन । क्रिएसन नेपालको परियोजना ग्रिनसिफ्ट अभियान अन्तर्गत फोटोग्राफी मार्फत १५ देखि २९ बर्ष समुहका  युवा तथा नवोदित फोटोग्राफरहरूलाई प्लास्टिकजन्य प्रदूषणको यस मुद्दामा फोटोग्राफी पेश गरेर यस अभियानमा योगदान दिन प्रोत्साहित गर्नेछ ।

तीन प्रमुख बिषयवस्तुका आधारमा फोटोग्राफरहरुले फोटो खिच्नुपर्ने छ । पहिलो प्लास्टिक र वातावरणः प्लास्टिकले हाम्रो प्राकृतिक वातावरणलाई कसरी अतिक्रमण गरेको छ भनेर चित्रण गर्ने बलियो दृश्यहरू । दोश्रो, प्लास्टिक र शहरी जीवनः प्लास्टिक फोहोर कसरी शहरी जीवनको अभिन्न अंग बनेको छ भनेर प्रतिनिधित्व गर्ने बलियो दृश्यहरू र तेश्रो, प्लास्टिक र मानवः फोहोर कार्यकर्ताहरू र आम जनताले तिनीहरूको वरपरको प्लास्टिकसँग कसरी अन्तरक्रिया गर्छन भनेर प्रतिनिधित्व गर्ने बलियो दृश्यहरू हुनुपर्नेछ ।

फोटो पठाउँदा फोटो योग्यता र रचनात्मकताको पनि केही मानक तोकिएको छ, जसमा शक्तिशाली दृश्यहरू हुनु पर्नेछ । तस्बिर पछाडि विचारशील र प्रभावकारी सन्देश बोकेको हुनुपर्नेछ र प्रकृति, वातावरण र हालको प्लास्टिक प्रदूषण संकटको शक्तिशालीे दृश्यहरू भएको हुनुपर्नेछ ।

#Greenshift अभियान, Green Shift Nepal परियोजना अन्तर्गतको पहल, युवा र बालबालिकाहरू बीच चक्रिय अर्थतन्त्रतर्फ न्यायपूर्ण संक्रमणलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यसले उनीहरूमा रचनात्मकता क्षमता व्यक्त गर्न गतिशील प्लेटफर्महरू प्रदान गर्दछ । यस अभियान मार्फत विभिन्न नाराहरू, कला, फोटोग्राफी, र पोस्टरहरू जस्ता माध्यमहरू युवा दिमागहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न सशक्त बनाउँछ र साथसाथै वातावरणीय स्थिरता, प्लास्टिक प्रदूषण, र चक्रिय अर्थतन्त्रका सिद्धान्तहरूको बारेमा बुझाइलाई गहिरो बनाउँछन ।

यसको मुख्य मिशन विश्वव्यापी रूपमा र नेपालका विभिन्न क्षेत्रहरूमा प्लास्टिक प्रदूषणको अत्यावश्यक मुद्दाको बारेमा चेतना अभिवृद्धि गर्नु हो । इकोसिस्टम, वन्यजन्तु, प्राकृतिक स्रोत र सम्पूर्ण ग्रहमा प्लास्टिक प्रदूषणको गहिरो प्रभावलाई हाइलाइट गरेर, अभियानले कार्य गरी परिवर्तनका लागि प्रेरित गर्ने लक्ष्य लिएको छ ।

#Greenshift अभियानको प्राथमिक लक्ष्य चक्रिय अर्थतन्त्रको (Circular Economy) अवधारणा बारे युवाहरूमा जनचेतना जगाउनु हो । प्लास्टिक प्रदूषणको विश्वव्यापी संकट बढ्दै गएपछि, युवा पुस्ताका लागि यो मुद्दाको गम्भीरता र यसको दूरगामी प्रभावहरू बुझ्न अत्यन्तै जरुरी छ ।

#Greenshift अभियानले विशेष गरी युवा र बालबालिकाहरूलाई लक्षित रहेको छ । यसको फोकस तिनीहरूलाई शिक्षित, संलग्न र सशक्त बनाउनु रहेको छ । उनीहरूलाई हालको प्लास्टिक संकट र यसलाई सम्बोधन गर्न हाम्रो सामूहिक जिम्मेवारीबोध सहित उनीहरूमा रहेको रचनात्मकता र विचारहरू व्यक्त गर्न प्लेटफर्म प्रदान गर्नु हो ।

यो अभियानले कला र रचनात्मकताको शक्ति मार्फत प्रेरित गर्दै कार्य गर्न खोजेको छ ।  कलावाद, कला र सक्रियताको गतिशील मिश्रण हो, रणनीतिक सामाजिक परिवर्तनलाई ड्राइभ गर्न कलाको भावनात्मक चरित्र प्रयोग गर्दछ । #Greenshift अभियानले युवा सोचका लागि सम्भावनाहरू अन्वेषण गर्न र प्लास्टिक प्रदूषणको दबाबपूर्ण मुद्दालाई तिनीहरूको अद्वितीय दृष्टिकोण मार्फत चित्रण गर्नका लागि विभिन्न रचनात्मक प्लेटफर्महरू प्रदान गर्ने प्रयास गरेको छ ।

फोटोग्राफी प्रतिस्पर्धामा सहभागि हुने उत्कृष्ट २ फोटो विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । प्रथम पुरस्कार नेपाली रु. ५,०००,  दोस्रो पुरस्कार रु. २,५०० र तेश्रो पुरस्कार सान्त्वना (केवल प्रमाणपत्र) प्रदान गरिनेछ । साथै, सर्टलिस्ट गरिएका तस्विरहरूको छनोट  क्रिएसनको सामाजिक सञ्जाल प्लेटफर्म र वेबसाइटमा राखिनेछ ।

फोटो कहिले सम्म र कसरी पठाउने ? 

फोटोग्राफरले मितिः २९८१ बैशख २५ गते भित्र पेश गरी सक्नु पर्नेछ । त्यसपछि पेश गरिएको फोटोहरुलाई प्रतिस्पर्धामा समावेश गरिने छैन । निर्णायक मण्डलले छानेका विजेताहरुलार्ई क्रिएसन नेपालको सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत सार्वजनिक रूपमा घोषणा गरिनेछ ।

फोटोग्राफी प्रतिस्पर्धाका बारे अन्य थप जानकारी वा कुनै प्रश्नहरूको लागि सम्पर्कका लागि greenshift@creasion.org or +977 – 9802343995

ग्रिनसिफ्ट परियोजना के हो ? 

युरोपियन युनियनका सहयोगमा संचालित यस परियोजनाका प्रमुख नेतृत्वकर्ता तथा कार्यान्वयनकर्ताको रुपमा क्रीएसन नेपाल रहेको छ भने यसका अन्य कन्सोर्टियम साझेदारहरूका रुपमा रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब रहेका छन।

ग्रीनसिफ्ट परियोजना वाग्मती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३–३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार बर्ष सम्म संचालन हुनेछ। यस परियोजनाको प्रमुख उदेश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवद्र्धन गर्नु रहेको छ।

साथै, यस परियोजना अन्तर्गत प्लास्टिक जन्य फोहोर मैला व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य गरी नीतिगत र व्यवस्थापनको क्षेत्रमा काम गर्ने नीति लिएको  छ। त्यस्तै, ग्रीनसिफ्ट परियोजनामार्फत नेट–जिरो कार्बन नेपालका लागि प्लास्टिकको सर्कुलरिटीमा कसरी काम गर्ने लक्ष्य राखेका छन।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.