कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो । कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो ।
यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो । यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समुह ए मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ ।
त्यस्तै समुह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको नेपाल समुह बिजेता बनेको छ । नेपाल आफ्नो अन्तिम खेल अघि नै समुह विजेता बनेको हो । अब नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै छ ।
त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समुह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ । त्यसैगरी समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो भने अब अन्तिम खेलहरुबाट लाग्ने छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

