वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले बलिङ गर्दै
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ । वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको छ। आज नेपाली टिममा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल र आसिफ सेख टिममा फर्किएका छन् ।
नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी । त्यस्तै वेस्ट इन्डिज ए ले भने तेस्रो खेलमा खेलेकै टिम खेलाएको छ ।
सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो । नेपालले सिरिजको पाँचौं तथा अन्तिम खेल मे ४ मा हुने छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

