Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

सुटिङको क्रममा अक्षयकुमार घाइते, उनका दृश्य पछि सुटिङ गरिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २८
सुटिङको क्रममा अक्षयकुमार घाइते, उनका दृश्य पछि सुटिङ गरिने

मुम्बइ। अक्षय कुमार हाउसफुल ५ को सुटिङका ​​क्रममा घाइते भएका छन् । एक्शन सिक्वेन्सको सुटिङका ​​क्रममा सेटमा केही वस्तु उछालिएर हिजो उनको आँखामा ठोक्किन पुगेको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार आँखामा चोट लागेपछि तुरुन्तै फिल्मको सेटमा आँखा विशेषज्ञलाई बोलाइएको थियो। अक्षयको आँखा जाँच गरेपछि डाक्टरले पट्टी लगाइदिएका थिए । उनले अक्षयलाई केही दिन सुटिङ नगर्न र आराम गर्न सल्लाह दिएका छन् । मार्च २०२३ मा पनि फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङको क्रममा स्कटल्याण्डमा एक एक्सन दृश्य शूट गर्ने क्रममा अक्षय घाइते भएका थिए ।

अहिले चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । अक्षयको चोटका कारण फिल्मको सुटिङ केही समयका लागि रोकिएको थियो । त्यसपछि फेरि सुटिङ सुरु भयो । तर, अक्षयको दृश्यको सुटिङ अहिलेका लागि रोकिएको छ । उनको निको भए पछि मात्रै उनका दृश्यहरुको सुटिङ हुनेछ ।

अक्षय कुमारसँगै हाउसफुल ५ मा रितेश देशमुख, अभिषेक बच्चन, श्रेयस तलपदे, चंकी पाण्डे, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरी, फरदीन खान लगायतका कलाकारहरु छन् । यो चलचित्रलाई तरुण मनसुखानीले निर्देशन गर्दैछन् । फिल्म ६ जुन २०२५ मा थिएटरहरूमा रिलिज हुनेछ।

Top Changing Nepal

युट्युब सट्स