परप्लेक्सिटी एआईले पेश गर्यो अमेरिकामा टिकटक किन्ने प्रस्ताव
काठमाडौँ । अमेरिकी एआई कम्पनी परप्लेक्सिटी एआईले टिकटकको अमेरिकी व्यवसाय किन्नको लागि नयाँ प्रस्ताव गरेको छ ।
मिडिया रिपोर्टका अनुसार, कम्पनीले अमेरिकी टिकटकको अधिकांश हिस्सेदारी ३०० अर्ब डलरमा खरिद गर्ने प्रस्ताव गरेको छ । यसमा अमेरिकी सरकारको कम्पनीमा ५० प्रतिशत हिस्सेदारी हुनेछ । यद्यपि, आधा हिस्सेदारी भए पनि, अमेरिकी सरकारले बोर्डमा स्थान पाउने छैन न त निर्णयहरूमा मतदान गर्ने अधिकार नै पाउनेछ ।
टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले पनि यसमा केही हिस्सेदारी कायम राख्नेछ । रिपोर्टका अनुसार, यस अफरमा टिकटक र पर्प्लेक्सिटीलाई मर्ज गर्ने योजना रहेको छ ।
यसअघि, पर्प्लेक्सिटीले जनवरी १८ मा पनि टिकटक किन्ने प्रस्ताव गरेको थियो । यद्यपि, डोनाल्ड ट्रम्पको प्रशासनले यसमा केही संशोधनको लागि आग्रह गरेको थियो । यसपछि यसलाई फेरि संशोधन गरेर पेश गरिएको बताइएको छ ।
टिकटक र चिनियाँ मूल कम्पनी बाइटडान्सले परप्लेक्सिटी एआईको प्रस्तावको जवाफ दिएका छैनन् । प्रस्ताव अनुसार, बाइटडान्सले अमेरिकी टिकटकमा पनि हिस्सेदारी कायम राख्नेछ । यद्यपि, उनले अमेरिकी बोर्डको पूर्ण नियन्त्रण स्वीकार गर्नुपर्नेछ ।
अघिल्लो प्रस्तावमा, परप्लेक्सिटीले टिकटकको अमेरिकी व्यवसायलाई कम्पनीमा मर्ज गर्ने र लगानीकर्ताहरूलाई संलग्न गराउने बारेमा कुरा गरेको थियो । त्यतिबेला पनि बाइटडान्सले यो प्रस्तावमा कुनै प्रतिक्रिया दिएन ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार टिकटक किन्न धेरै व्यक्तिहरूसँग वार्ता गरिरहेको र आगामी ३० दिनमा यसको भविष्यको बारेमा निर्णय लिने बताएका थिए ।
अमेरिकामा टिकटक प्रतिबन्धित हुने जोखिममा छ। अप्रिल २०२४ मा, राष्ट्रपति बाइडेनले टिकटकको मूल कम्पनी बाइटडान्सलाई अमेरिकामा यसको अस्तित्व जारी राख्नको लागि ९ महिना भित्र अमेरिकी खरीददारलाई एपको स्वामित्व हस्तान्तरण गर्न आवश्यक पर्ने कानूनमा हस्ताक्षर गरेका थिए । यो समयसीमा जनवरी १९ मा समाप्त भएको थियो । यसअघि जनवरी १७ मा, अमेरिकी सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा चिन्तालाई उद्धृत गर्दै टिकटकमाथिको प्रतिबन्धलाई समर्थन गरेको थियो । यसपछि टिकटकले जनवरी १९ मा आफ्नो सेवा बन्द गरेको थियो । यद्यपि, डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै टिकटकलाई कानुन अनुसार अमेरिकी लगानीकर्तालाई स्वामित्व हस्तान्तरण गर्न ७५ दिनको समय दिएका छन् ।
परप्लेक्सिटी एआई एउटा खोज इन्जिन हो जसले ठूला भाषा मोडेलहरू ९ीीःक० प्रयोग गरेर प्रश्नहरूको जवाफ दिन्छ । भारतीय मूलका अरविन्द श्रीनिवास यस कम्पनीका सीईओ र सह(संस्थापक हुन् । उनले सन् २०२२ मा एन्डी कोन्विन्स्की, डेनिस याराट्स र जोनी होसँग मिलेर यो कम्पनी स्थापना गरेका थिए । श्रीनिवासले पहिले ओपनएआईमा अनुसन्धानकर्ताको रूपमा काम गरिसकेका छन् भने गुगल र डीपमाइन्डमा अनुसन्धान इन्टर्नशिप पनि गरिसकेका व्यक्ति हुन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

