पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षता शुक्रबार भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालू आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ । बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्रा.डा. ब्रम्हदेव झालाई मनोनयन गरेको छ ।
प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरुको विद्यमान तलव भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै प्रस्ताव ल्याउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री ओलीले विधि र कानुनसम्मरुपमा निर्णय लिन तथा समयमा सिनेट बैठक गरी वार्षिक बजेट र कार्यक्रम पारित गराउन निर्देशन दिए । उनले दीर्घकालीन र आर्थिकरुपमा प्रभाव पर्ने निर्णयलाई स्वीकृत गर्न नसकिने स्पष्ट गरे ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

