• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १८ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १९ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १९ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • २२ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • २२ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • २२ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • २४ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

संस्मरण: माया, पीडा र पुनर्जन्म

जानकारी केन्द्र २०८१, फाल्गुन, २४

प्रेमको कुनै निश्चित समय वा उमेर हुँदैन रहेछ । यस्तैगरी, जब माया कसैप्रति गहिरो बन्दै जान्छ, तब त्यसले व्यवहार, बानी–व्यवहार, सोच्ने तरिका, यहाँसम्म कि सपना र लक्ष्यमा समेत प्रभाव पार्दाे रहेछ । जब म कक्षा ७ मा पढ्दै थिएँ, मलाईसँगै पढ्ने वहाँ मन पर्न थालेछ । दिन त जसरी पनि कट्थ्यो, तर वहाँको एक झल्को देखेपछि मात्र दिन बितेको जस्तो लाग्थ्यो । दिन प्रतिदिन वहाँको मात्र याद आउँथ्यो । वहाँलाई मात्र हेरिरहन मन लाग्थ्यो । त्यति मात्र होइन, वहाँ मनपर्न थालेपछि वहाँलाई हेर्न पाइन्छ भने पनि स्कूल आउन मन लाग्थ्यो ।

दिनहुँ स्कूल आउँदा–आउँदा म आफैंमा धेरै परिवर्तन आइसकीछु । मैले कहिल्यै नपाएको पुरस्कार कक्षा ८ मा पुग्दा प्रमाणपत्रको रूपमा पाएँ, जहाँ लेखिएको थियो— ‘सरसफाइमा प्रथम’ र ‘पढाइमा दोस्रो’। यसमा मेरो मेहनत त थियो नै, तर यो मेहनत वहाँको मायाले प्रेरित थियो । मायाको अर्थ केवल माया गर्नु मात्र रहेनछ, साथै परिवर्तन ल्याउनु पनि रहेछ । बिस्तारै मलाई लाग्न थाल्यो, साँच्चै मैले प्रेम प्रस्ताव राख्ने हो कि ? सुनेको त थिएँ— केटीहरूले कहिल्यै केटालाई प्रस्ताव राख्दैनन । तर म पछि हट्न सकिनँ, मलाई त त्यही मानिस चाहिएको थियो । यस्तै गर्दै, एक दिन स्कूलमा कार्यक्रम भइरहेको बेला, मैले लेखेको प्रेमपत्र वहाँलाई दिएँ । त्यो दिन मनमा एक किसिमको छटपटी थियो, अनेकौँ प्रश्नहरू खेलिरहेको तर उत्तरको खोजीमा थिएँ । भोलिपल्ट एउटै मात्र जवाफ आयो— “म तिमीलाई माया गर्दिन । जति वहाँलाई मन पराउँदा खुसी भएकी थिएँ, त्योभन्दा बढी दुःखी त्यही उत्तरले बनायो । मन निकै भारी भयो, तर म रोएर, कराएर, आफ्नो पीडा कसलाई सुनाउँथें र? राति ओछ्यानमा एक्लै हुँदा, चुपचाप सिरानी भिजाएर रोएको दिन आज पनि सम्झन सक्छु । पहिलो प्रेमको अनुभव, त्यो पनि अस्वीकारको! त्यो आँसु, जो उसैको लागि झरिएको थियो । हुदा–हुदै कक्षा १० मा पुगियो । समयसँगै धेरै कुरा बुझ्न थालेँ । तर अचम्म के लाग्थ्यो भने, जसले मलाई अस्वीकार गर्यो, उसैको लागि अझै मनमा माया र चिन्ता किन थियो? बोलचाल राम्रो हुँदै गयो, भेटघाटसमेत हुन थाल्यो। कताकता लाग्न थाल्यो उहाले माया गर्नुहुन्छ। तर दोश्रो पटक म फेरि अघि बढेँ। एक दिन, स्कूलबाट घर फर्कने बेलामा, मैले वहाँलाई फेरि भने— म तपाईंलाई अझै पनि माया गर्छु, यो पटक उत्तर आयो— हुन्छ, म पनि तिमीलाई माया गर्छु। त्यति सुन्नासाथ, त्यो मान्छे मेरो भएको झै महसुस भयो। विस्तारै हाम्रो सम्बन्ध गहिरिंदै गयो। कुराकानी फोनमार्फत हुन थाल्यो। त्यो बेला घरमा फेसबुक खोलेको थाहा भएको भए गाली खानु पथ्र्यो, तर थाहा नदिई हामीले फेसबुक खोल्यौं। जहाँ वहाँको आधा नाम र मेरो आधा नाम मिसाएर बनाएको नामबाट अकाउन्ट खोलेका थियौं।

एक दिन घरमा थाहा भयो, मैले चलाएको फेसबुक र मेरो हातमा भएको मोबाइल खोसिदिनु भयो, अनि केही दिनसम्म हामी बोलेनौं। यत्तिकैमा, एक दिन ममीको मोबाइलबाट एसएमएस गरेँ। सबै कुरा बताइदिएँ। त्यस बेलादेखि हामी बोल्न छोड्यौं। तर वहाँले भन्नुभयो , विश्वास गर, म तिम्रै हुँ, अनि तिमी मेरै हौ। एक महिनापछि, मलाई मोबाइल दिनु भयो। मैले तुरुन्तै वहाँलाई एसएमएस गरेँ, अनि हामी फेरि पहिलेझैँ बोल्न थाल्यौं। एक दिन अचानक अपरिचित नम्बरबाट एसएमएस आयो, जहाँ लेखिएको थियो— अनलाइन आउन, कुरा छ। म अनलाइन गएँ, तर त्यहाँ कोही थिएन, न कुनै मेसेज नै। कसले गरेको होला भनेर सोच्दै बसेँ। केहीबेरमै वहाँकै फेसबुकबाट मलाई मेसेज आउन थाल्यो। मैले पढ्न नपाउँदै फेरि अर्को मेसेज, अनि फेरि अर्को। मैले बुझ्नै सकिनँ, आज के भइरहेको छ भनेर। त्यसैले बुझ्नका लागि मैले तुरुन्तै वहाँलाई कल गरेँ, तर मोबाइल अफ थियो। त्यसपछि म मेसेज पढ्न थालेँ। त्यहाँ लेखिएको थियो— म वहाँको प्रेमिका हुँ । त्यो पढेर म छाँगाबाट खसेझैँ भएँ। म निशब्द भए। यत्तिकैमा ती सबै मेसेजहरू हेरें, तर केही उत्तर नदिई चुपचाप बसें। बेलुका वहाँले मसँग कुरा गर्नुभयो। मैले तुरुन्तै सोधेँ— के थियो यो सबै? कतै मलाई मजाक त गरिरहनुभएको छैन? वहाँले भन्नुभयो — माफ गर, तिमीसककग नबोलेको समय उनीसककग बोलेको थियो। उसले मलाई मन पराउँथी। तर मैले उसलाई भनेको थिएँ कि मेरो कोही छैन, प्रेमिका छैन। त्यसैले यो सबै भयो। त्यसपछि मैले भनेँ— यदि माया छैन भने, स्पष्ट भन्नुहोस्। तर यदि माया छ भने, बारम्बार यसरी अप्ठ्यारोमा नपार्नुस्।

विश्वास थियो, त्यसैले विश्वास गरेर सबै कुरा बिर्सिए। मैले कक्षा १२ पढ्न कलेज ज्वाइन गरेँ, वहाँ गाउँमै पढ्नुहुन्थ्यो। सबै कुरा राम्रै चलिरहेको थियो। एक दिन वहाँ भ्रमण जानुभयो। मैले सोधेँ— तपाईं कतै जाँदै हुनुहुन्छ, मसँग केही दिन बोल्न पाउनु हुन्न होला, होइन? वहाँले भन्नुभयो— म कहीँ जाँदिन, विश्वास गर। मैले विश्वास गरें। तर जुन दिन वहाँ भ्रमण जानुभयो, त्यस दिनदेखि वहाँ मेसककग कम बोल्न थाल्नुभयो। बिहान पठाएको म्यासेज बेलुका मात्रै पढ्नुहुन्थ्यो। म अलमलमा थिएँ— के भयो मैले केही बुझ्न सकिनँ, तर केही दिनपछि वहाँकी दिदीबाट थाहा पाएँ— वहाँ त मेरो मिल्ने साथीसँग प्रेम सम्बन्धमा रहनु भएको रहेछ! त्यो कुरा सुनेर म पूर्ण रूपमा टुटें। जति नै सम्हाल्न खोजेँ, सकिनँ। म्यासेजको प्रतीक्षा गरिरहेँ, तर केही पनि आएन। मेरो साथीले मलाई एसएमएस गरेर सबै कुरा बताइदिइन्। म रिसले आगो भएँ, धेरै गाली गरें, धेरै प्रयास गरें वहाँलाई फिर्ता ल्याउन, तर सकिनँ। रोएँ, कराएँ। मेरा केही साथीसँग मन बुझाएँ। हप्तौँसम्म म घर नफर्की उनीहरूकै घरमा बसें। अन्ततः मैले वहाँलाई अन्तिम पटक कल गरें। रोइरोई सोधेँ— यदि माया थिएन भने, किन पटक–पटक आयौं? यदि माया थियो भने, किन मेरो भावनासँग खेल्यौ? वहाँको एउटै उत्तर थियो—मेरो परिवारमा अन्तरजातीय विवाह स्वीकार छैन, त्यसैले यस्तो कदम चालेँ। मैले भनें—मायाका लागि जात किन हेरिन्छ? यदि जात नै हेर्नुपर्ने हो भने, आफ्नै जातका सबैलाई माया गर्न सम्भव छ र? अरू जातका मान्छेको भावना हुँदैन? तर वहाँले भन्नुभयो म अब बोल्दिनँ। फोन राख। अनि वहाँले फोन काट्नुभयो। त्यसपछि, सोच्दै त्यो रात, मैले मेरो जीवन समाप्त गर्ने निर्णय गरिसकेकी थिएँ। अब म यो संसारबाट टाढा जान्छु।  मर्नको लागि मैले सल ठीक पारें अनि घाँटीमा कसें। मेरो नसाहरू बाहिर आइरहेझैँ, सास रोकिएको जस्तो भयो, केहि समयमै मेरो सास रहने थिएन  त्यत्तिकैमा, ढोकाबाट आवाज आयो— छोरी, ढोका खोल। बाबालाई फोन गर्देत।  त्यो आमा बोलेको आवाज, अनि बाबाको नाम सुनेपछि मेरो हातले कस्सियको सल फुकाइदिए।  छिटटोछिटो मुख धोएर ढोका खोलिदिए। किन? के भयो? तँलाई अर्कै देख्छु त! भन्नु भयो। मैले भनेँ, खोकी लागेको थियो। बिस्तारै म प्रेमलाई पछाडि राख्दै, पहिलेका कुराहरूलाई बिर्सँदै, —बुबा–आमाले गर्ने माया जस्तो माया अरू कसैले गर्न सक्दैन रहेछ। मायाको भूमिकालाई केवल बुबा–आमा र आफ्नै परिवारले निभाउन सक्छन्। तर अरूले त जिन्दगीलाई त्यही अप्ठ्यारो घडीसम्म मात्र पुर्याउने रहेछन्, जुन मैले अनुभव गरिसकेँ। मलाई जन्म दिने यही बाबा–आमा, मलाई पुनर्जन्म दिने पनि यही बाबा–आमा। मेरो लागि मेरा बाबा–आमा नै पर्याप्त छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.