पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रातको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । बिहिबार आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको उक्त शोरुमले राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपांग्रे सवारीको अनुभव विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधिहरू तथा नेपालका लााग बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का व्यवस्थापन टोलीको उपिस्थात रहेको थियो ।
आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको थियो । उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राईड, खरिद परामर्शदेखि चेतक ईभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
शोरुममा आउने ग्राहकहरूले डिजटल प्रोडक्ट डिस्प्ले मार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्टाफचर सम्बन्धी परामर्श पनि प्राप्त गर्न सक्नेछन्।

चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिाबिम्बत गर्ने गरी निर्माण गरिएको यस शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरएिक्टभ टचपोइन्टहरू समावेश गरिएको छ, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।
उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अगोष मान बुद्धाचार्यले भने, “पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा अक महत्वपूर्ण कदम चालिरहेका छौं । चेतक ईभी परम्परा, नवप्रवर्तन र दौनक प्रयोगको सहजताको उत्कृष्ट संयोजन हो । यो नयाँ केन्द्रमार्फत ग्राहकहरूले त्यस अनुभवलाई अझ निजकबाट महसुस र्ग सक्ने विश्वास लिएका छौं ।”
बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे जगतमा एक अग्रगामी नाम हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई स्थायित्व, शैली र स्माट कनेक्टिभिटीसँग जोडेको जनाइएको छ । क्लासिक डिजाइन र आधुनिक कार्यक्षमताको संगम रहेको यो स्कुटर नेपाली बजारमा सबैभन्दा भरपर्दो इलेक्ट्रिक स्कुटरहरूमध्ये एकको रूपमा स्थापित भएको बताइएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

