• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय
  • ७ घण्टा 

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
  • १ दिन 

एम.ए.डब्लु. अर्थमुभर्स (जेसीबी डिभिजन) र एभरेष्ट बैंकबीच सहकार्य, जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म वित्तीय सुविधा
  • १ दिन 

सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा

जानकारी केन्द्र २०८१, चैत्र, ५

काठमाडौं । देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग, एनसेल नेपाल सुपर लिग (एनएसएल) आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती र आइएमई पेलाई आधिकारिक टिकटिङ पार्टनरको रूपमा घोषणा गरेको  छ।  एनएसएल, खल्ती र आइएमई पे बीचको त्रिपक्षीय सम्झौता मार्फत स्थापित साझेदारी अन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिनेछ जुन नेपालका उत्साही फुटबल प्रशंसकहरूका लागि अर्को अभूतपूर्व अनुभव हुनेछ ।

मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ। समर्थकहरूले खल्ती र आइएमई पे मार्फत डिजिटल वालेट, मोबाइल बैंकिङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सक्नेछन्।

खेलको पहुँचलाई आधुनिकीकरण गर्ने र देशभरका नेपाली फुटबल प्रशंसकहरूका लागि लिगलाई अझ बढी पहुँचयोग्य बनाउने एनएसएल को दृष्टिकोण अन्तर्गत यो साझेदारी गरिएको कम्पनीले जनाएको छ।

यसको सहकार्यको बारेमा बोल्दै नेपाल सुपर लिग एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, “नेपालका सबैभन्दा विश्वसनीय दुई डिजिटल पेमेन्ट प्लेटफर्महरू खल्ती र आइएमई पे सँग हात मिलाउन पाउँदा हामी खुसी छौं। यो साझेदारीले टिकेटिङलाई सरल बनाउने र फ्यानहरूलाई आफ्नो सिट सहजै सुरक्षित गर्न सघाउने छ। हाम्रो लक्ष्य एनएसएलको मज्जालाई सहज, थप अन्तरक्रियात्मक र व्यापक रूपमा पहुँचयोग्य बनाउनु हो।”

यहि भावनालाई जोड दिँदै आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “नेपाल सुपर लिगको साझेदारको रूपमा नेपाली फुटबलको विकासलाई समर्थन गर्न पाउँदा आईएमई पे गर्व गर्दछ। हामीले एनएसएल र खल्तीसँग सहकार्य गर्दै खेलकुद क्षेत्रको विकासमा सघाउने र सिमलेस डिजिटल सोलुसन्स मार्फत फ्यान एक्सपिरियन्स बढाउने लक्ष्य राखेका छौं।”

उत्साहलाई निरन्तरता दिँदै खल्ती प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले थपे, “हामी एनपीएल र इन्टरनेसनल वुमेन च्याम्पियनसिपको अभूतपूर्व सफलतापछि आईएमई पे र एनएसएलसँग मिलेर यस अविश्वसनीय यात्रामा साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। आफैं पनि खेलकुद प्रशंसक र फुटबल समर्थक भएका कारण हामी फ्यानहरूलाई अनलाइन मार्फत आफ्नो सिट सुरक्षित गर्न र खेलको भावनामा पूर्ण रूपमा डुब्नको लागि झन्झटमुक्त, सहज तरिका प्रदान गर्न पाउँदा रोमाञ्चित छौं। हामी दशरथ रंगशाला र नेपालभरि गुन्जिने गर्जन र जयजयकार सुन्न उत्साहित छौं ।

खल्ती र आइएमई पे दुवै प्रयोग गर्न सजिलो, सुरक्षित र कुशल डिजिटल पेमेन्ट सर्भिसको लागि भरपर्दा छन्। अनलाइन कारोबारमा यी प्लेटफर्मको विशेषज्ञताले टिकेटिङलाई अझ सुव्यवस्थित बनाउनुका साथै हजारौं एनएसएल समर्थकहरूको लागि म्याच डे अनुभवलाई पनि अझ बढाउनेछ। खल्ती र आइएमई पे ले चाँडै नै यी प्लेटफर्महरू मार्फत टिकट बुकिङमा विशेष प्रचार प्रसार र अफरहरू प्रस्तुत गर्नेछन् जसले गर्दा सिजनभरि नै प्रशंसकहरूको संलग्नता र उपस्थितिका साथ लिग अझ आकर्षक बन्ने छ।

नेपालका उत्कृष्ट खेलाडी र क्लबहरूले शिर्ष उपाधिको लागि प्रतिस्पर्धा गर्ने एनसेल नेपाल सुपर लिग सिजन ३ मा उच्च कोटीका खेलहरू हुने निश्चित छ। खेलहरूको रोमाञ्चक लाइनअप, उत्सुक समर्थक र अब हाई-टेक टिकेटिङ प्रणालीले गर्दा यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो हुने छ।

टिकेटिङ र नयाँ नयाँ अफरहरूको बारेमा जानकारीको लागि एनएसएल समर्थकहरूलाई खल्ती, आइएमईपे र आधिकारिक एनएसएल प्लेटफर्महरूबाट निरन्तर अपडेट लिन आग्रह गरिएको छ।

खल्ती र आइएमई पे का बारेमा
खल्ती र आइएमई पे नेपालका लाखौं प्रयोगकर्ताहरूलाई निर्बाध मोबाइल भुक्तानी समाधानहरू प्रदान गर्ने दुई अग्रणी डिजिटल वालेटहरू हुन्। युटिलिटी पेमेन्ट्स, अनलाइन शपिंग, मनि ट्रान्सफर र अब स्पोर्ट्स टिकटिङका सेवाहरू समेत समावेश भएका यी प्लेटफर्मले नेपालको डिजिटल अर्थतन्त्रतर्फको परिवर्तनलाई थप प्रवर्द्धन गर्दछन्।

टिकट बिक्री, खेल तालिका र विशेष अफरहरूको बारेमा अपडेटहरू लिनको लागि Khalti.com र Imepay.com मा जान सकिने बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

ताजा

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.