Jankari Kendra
१६ आश्विन २०८३, शुक्रबार
Worldlink

जब प्रेमीले सुटकेश भित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए….

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २९
जब प्रेमीले सुटकेश भित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए….

काठमाडौं । माया भनेको के हो, जसले मानिसलाई कुनै पनि हदसम्म जान बाध्य तुल्याउन सक्छ ? कोही चन्द्रमा र ताराहरू तोड्ने कुरा गर्छन्, कोहीले आफ्नो ज्यान जोखिममा राख्ने कुरा गर्छन्।

तर, एकजना बिधार्थीले आफ्नो प्रेमिकालाई आफ्नो सुटकेसमा लुकाएर होस्टेलमा ल्याएको घटना हालै बाहिरिएको छ ।

यो रोचक र डरलाग्दो घटना हरियाणाको सोनीपतको हो । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ, जुन सोनीपतस्थित ओपी जिन्दल युनिभर्सिटी कलेज होस्टेलको भएको दाबी गरिएको छ ।

केटीहरूलाई केटा होस्टलमा आउन कडा प्रतिबन्ध छ भन्ने सबैलाई थाहा छ। तर यहाँ बस्ने एक केटाले उनको मायामा यति मुग्ध भए कि उसले आफ्नी प्रेमिकालाई सुटकेसमा लुकाएर होस्टेल भित्र ल्यायो । तर उनी समातिए ।

जानकारीका अनुसार केटाले आफ्नी प्रेमिकालाई सुटकेसमा लुकाएर ल्याइरहेको बेला केटीले कराउन थाली । त्यस पछि सुरक्षाकर्मीलाई शंका लाग्यो । उनीहरूले तुरुन्तै सुटकेस जाँच्न सुरू गरे र ल्याउने केटाको परिचय पनि खुल्यो। सुटकेस खोल्दा सामानको सट्टा भित्र एउटी केटी भेटियो । यो देखेर त्यहाँ उपस्थित सबै स्तब्ध भए । उनले तुरुन्तै केटीलाई सुटकेसबाट निकालियो ।

सार्वजनिक भएको भिडियोमा केही महिला सुरक्षा गार्डले सुटकेस खोल्दै गरेको देखिन्छ । सुटकेस भित्र हेरे पछि त्यो सामान नभई केटी हो भनेर देखेर उनी छक्क पर्छिन् ।

Top Changing Nepal

युट्युब सट्स