• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ जेठ २०८३, सोमबार
२५ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • २१ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • ३ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • ३ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

  • ४. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ६. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • ७. अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

  • ८. रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

  • ९. न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

जब १ हजार ताराहरू एक आपसवाट भागिरहेको भेटियो, बैज्ञानिक हैरान

admin २०८२, बैशाख, २०

काठमाडौं । सामान्यतया जब हजारौं ताराहरू ग्याँस क्लाउडबाट एकसाथ जन्मिन्छन्, तिनीहरू लाखौं वर्षसम्म समूहमा बाँधिएर बसेका हुन्छन्। तर, अहिले वैज्ञानिकहरूले दुई करोड वर्ष पुरानो तारा समूह पत्ता लगाएका छन् तर यसका ताराहरू आ आफ्नो बाटोमा लागिरहेका छन्।

यो अभूतपूर्व घटनाले खगोलविद्हरु चकित भएका छन् । युरोपेली अन्तरिक्ष एजेन्सीको ग्याया मिसनबाट प्राप्त डाटाको आधारमा संयुक्त राज्य अमेरिकाको वेस्टर्न वाशिंगटन विश्वविद्यालयका खगोलशास्त्री डिलन हसन र उनको टोलीले यो अद्वितीय क्लस्टर पत्ता लगाएका हुन् ।

ओफिचस नक्षत्रको नामबाट यसलाई ‘ओफियन’ नाम दिइएको हो, यो क्लस्टर पृथ्वीबाट करिब ६५० प्रकाश वर्षको दूरीमा अवस्थित छ।

ओफियनमा लगभग १ हजार युवा ताराहरू रहेका छन्, तर ग्याया डाटाले यो देखायो कि यी सबै ताराहरू यति छिटो गतिमा चलिरहेका छन् कि चाँडै यो सम्पूर्ण समूह टुट्ने अवस्थामा छ। जबकि सामान्यतया यस्ता तारा समूहहरू विघटन हुन करोडौं वर्ष लाग्छ। उदाहरणको लागी प्लेयाडीज क्लस्टर  १०० मिलियन वर्ष पुरानो हो भने बीहाइव क्लस्टर लगभग ६०० मिलियन वर्ष पुरानो छ र दुबै अझै पनि अपेक्षाकृत एकताबद्ध नै रहेका छन्।

गाया मिसनबाट प्राप्त डाटाले ओफियनका ताराहरूको गति २० किलोमिटर प्रति सेकेन्डमा फैलिरहेको देखिएको छ। यसको मतलब क्लस्टरमा सबैभन्दा छिटो र सुस्त ताराहरूको गतिमा २० किमी प्रति सेकेण्डको भिन्नता छ, जुन धेरै असामान्य र अस्थिर अवस्था हो। यस्तो तीव्र गतिको कारण ओफिअनका ताराहरू अब गुरुत्वाकर्षण बलद्वारा एकसाथ समातिने छैनन् र धेरै नै चाँडै अलग हुनेछन्।

अलग हुनुका कारण
वैज्ञानिकहरूले यसको स्पष्ट जवाफ फेला पारेका छैनन्। तर गाया डाटाको नजिकबाट जाँच गर्दा उनीहरूले केही ‘सुपर बबल’ हरू फेला पारेका छन । अर्थात्, विशाल ग्याँस मुक्त क्षेत्रहरू जुन नजिकैको सुपरनोभा विस्फोटहरूद्वारा सिर्जना गरिएको हुन सक्छ। यो विश्वास गरिन्छ कि जब ताराहरू ओफियनमा जन्मिरहेका थिए, यी विस्फोटहरूले बाँकी ग्याँस उडाएको हुन सक्छ। यो ग्याँस निस्कने कारणले क्लस्टरको कुल द्रव्यमान घट्यो र यसको गुरुत्वाकर्षण बल कमजोर हुन पुग्यो ।  जसका कारण ताराहरू आ आफ्नो बाटोमा हिँड्न थाले। यसको अतिरिक्त अन्य नजिकैका तारा समूहहरूको गुरुत्वाकर्षण तानेकाले पनि ओफियनका ताराहरूलाई अलग्गिन थप वेग दिएको हुन सक्छ।

खासमा, ओफियनको खोज परम्परागत विधिबाट सम्भव थिएन। डिलन हसन र मरीना कोन्केलको टोलीले नयाँ एआई आधारित मोडेल गिया नेट प्रयोग गरेको थियो । यसले एकैसाथ लाखौं ताराहरूको स्पेक्ट्रा विश्लेषण गर्न सक्छ। यस समयमा ओफियन उनीहरूको डाटामा देखा पर्‍यो।

अहिलेसम्म हाम्रो नजरबाट लुकेर बसेका यस्ता युवा तारा समूहहरु अरु पनि हुन सक्ने वैज्ञानिकहरुको विश्वास छ । पहिलेका विधिहरूले केवल क्लस्टरहरू फेला पारेका थिए, जसका ताराहरू एउटै दिशामा सरेका थिए। ओफियन जस्ता क्लस्टरहरू जसका ताराहरू अनियमित रूपमा अलग हुनका लागि विस्तार भइरहेको देखियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक
सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.