• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, असार १७, २०८२
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

२०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभरका ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप : फोटोन टुनल्यानड जी७

आईएमई डिजिटल र खल्ती मर्जर सम्पन्न, ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा साउन १ देखि कारोबार सुरु

ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड

नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. बढ्यो सुन–चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार?

  • ८. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ९. आजको मौसम: आज देशैभरी भारी वर्षा हुने

  • १०. १२ जिल्लामा भारी वर्षाको जोखिम

४९ प्रतिशतले नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौँ । नेपाल टेलिकमको आम्दानी र नाफा दुवैमा गिरावट आएको छ । सोमबार प्रकाशित आर्थिक वर्ष २०८१ र ८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले घटेको छ ।

टेलिकमले यस आवको तेस्रो त्रैमाससम्म दुई अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले पाँच अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको कुल आय करिब ८.९० प्रतिशतले घटेर २८ अर्ब ४४ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमास अवधिमा कम्पनीको कुल सञ्चालन आय ३१ अर्ब २३ करोड २३ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

अन्तरिम वित्तीय विवरण अनुसार कम्पनीको कुल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख १४ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको २५ अर्ब ४८ करोड १२ लाख ८९ हजारको तुलनामा ०.६५ प्रतिशत कम हो । प्रतिवेदन अनुसार प्रति शेयर आम्दानी पनि गत वर्षको ४१.०२ बाट घटेर २१.०५ रुपैयाँ कायम भएको छ ।

कम्पनीले नाफा घट्नुको कारण तीव्र बजार प्रतिस्पर्धा, ग्राहकको बदलिँदो व्यवहार, सस्तो प्याकेजको माग र ओटीटी एपहरूको बढ्दो प्रयोगलाई मानेको छ । यस्तै, अन्तर्राष्ट्रिय र स्वदेशी भ्वाइस सेवाको आम्दानीमा कमी, प्राविधिक उपकरणको अभाव र नियामक नीतिका परिवर्तनले पनि वित्तीय प्रदर्शनमा असर पारेको कम्पनीको भनाइ छ ।

नेपाल टेलिकमको कुल सम्पत्ति हाल एक खर्ब २१ अर्ब ९० करोड ८५ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको सम्पत्ति एक खर्ब ३३ अर्ब ६९ करोड ५४ लाख ६८ हजार रहेको थियो । यो बिचमा करिब ८.८० प्रतिशतले सम्पत्ति घटेको देखिन्छ । यस्तै, खुद सम्पत्ति प्रति शेयर ५०३.९३ रहेको छ भने कुल सम्पत्ति प्रति शेयर ६७६.३६ रहेको छ ।

कम्पनीको शेयर मूल्यमा भने स्थिरता देखिएको छ । तेस्रो त्रैमासमा अधिकतम शेयर मूल्य ९९६.३०, न्यूनतम ८७४ र अन्तिम मूल्य ८९९.८४ रहेको छ । यस्तै कर्मचारी खर्चदेखि सञ्चालन र मर्मत खर्च र नियामक शुल्कसम्ममा कटौती भएको प्रतिवेदनले देखाएको छ ।

नेपाल टेलिकमले प्रतिस्पर्धालाई सामना गर्न फोरजीरएलटीई र एफटीटीएच सेवाको विस्तार, भ्यालु एडेड सर्भिसहरूको विकास र ग्राहक सम्बन्ध व्यवस्थापन प्रणालीको प्रयोगलाई तीव्रता दिएको जनाएको छ  ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईएमई डिजिटल र खल्ती मर्जर सम्पन्न, ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा साउन १ देखि कारोबार सुरु
    नेपालको पहिलो वालेटमा आधारित रिकरिङ डिपोजिट स्वरूप खल्तीले सुरु गर्यो ‘स्मार्ट डिपोजिट’
    हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

    यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

    महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

    सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो
    • यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
    • महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
    • सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
    • २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.