स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ
रौतहट । रौतहटको कटहरिया नगरपालिका १ माबी भासेढवाको कम्प्युटर चोर्ने ३ जना पक्राऊ परेका छन्।
पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा बर्ष २७ को मुकेश दास, सोही ठाउँका जयमङल दासको छोरा बर्ष १९ को राधेश्याम दास र बिजय दासका छोरा बर्ष १८ को राजु दास रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।
उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर चोरी शिर्षक मुद्धामा म्याद थप भै अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्।
गत शनिवार राती मावि भसेढवाको बिद्यालय भवनकी दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट थान १ चोरी गरी लगेको थियो।
चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलिपल्ट आईतवार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा बिद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै विद्यालयमा पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
माबी भासेढवामा यसभन्दा अगाडि दुई पटक चोरी भएको थियो । २०७७ साल र २०८१ सालमा विद्यालयको कम्प्युटर लगायतको सामान चोरी भएको प्रधानाध्यापक राममंगल यादवले बताएका छन्। विद्यालयको छेउमै घर भएको आरोपीहरुले विद्यालयमा यस अघि पटक पटक चोरी गरेको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
रौतहटको सामुदायिक विद्यालयमा चोरीको घटना हुँदा राजनीतिक दवाब देखि अनेकन प्रभाव परेको कारण घटना लाई भित्र भित्रै मिलाउने परम्पराको कारण चोरको मनोबल उच्च भएको स्थानीयहरूले बताएका छन्।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
