एक्सपेङ जि ७ ले बनायो कीर्तिमान – ४६ मिनेटमै १०,००० अर्डर!
काठमाडौं । एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी—जि ७ ले चीनमा ११ जुन २०२५ मा सार्वजनिक भएको केवल ४६ मिनेटमै १०,००० भन्दा बढी प्रि-अर्डर प्राप्त गर्न सफल भई विश्वव्यापी ईभि बजारमा तहल्का मच्चाएको बताइएको छ।
यस उत्साहजनक प्रतिक्रियाले एक्सपेङको प्रविधिमा आधारित नवीनता प्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काउँछ। जि ७ मा एक्सपेङ द्वारा विकास गरिएको ‘Turing AI chip’, Huawei सँगको सहकार्यमा तयार गरिएको ८७-इन्चको AR-HUD डिस्प्ले, उच्च स्तरीय स्वचालित ड्राइभिङ सुविधा, र ५ सि अल्ट्रा-फास्ट चार्जिङ जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध रहेको जनाइएको छ।
जि ७ किलोमिटरसम्मको अधिकतम रेञ्जले जि ७ लाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको बताइएको छ।
जि ७ ले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको छ, यधपी सिजि मोटर्सले एक्सपेङको AI Mobility को भिजनलाई नेपालमा जि ६ को माध्यमबाट पहिले नै G6 मा OTA , SEPA 2.0 आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्, जसले नेपाली सडकमा ईभिको अनुभवलाई अझ स्मार्ट र इन्टेलिजेन्ट बनाउँछ।स्मार्ट, सुरक्षित र प्रविधिमैत्री इलेक्ट्रिक ड्राइभिङ अनुभवका लागि एक्सपेङको विश्वव्यापी प्रगति र “AI Mobility को भविष्य नेतृत्व गर्ने” प्रतिबद्धता अब नेपालमा साकार हुँदै गरेको कम्पनिले बताएको छ।
सम्बन्धित समाचार
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

