च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
लुम्बिनी । मुसिकोट नगरपालिका ४ दिगामचौरका एकै परिवारका तीन जना विषालु च्याउ खाँदा बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले दिएको जानकारी अनुसार ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमालले जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए ।
च्याउ सेवन गरेपछि ती तीनै जनालाई बिहीबार राति टाउको दुख्ने, रिङ्गाटा लाग्ने, बान्ता हुने जस्ता लक्षण देखिएको थियो । अवस्था नाजुक देखिएपछि प्रहरीले तत्कालै उनीहरूलाई पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि पठाएको छ ।
इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको टोलीले घटनाको जानकारी पाए लगत्तै तत्कालै बिरामीहरूलाई अस्पताल पुर्याएको जनाएको छ । प्रहरीका अनुसार उनीहरूको अवस्था अहिले सामान्य छ र थप उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

