अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरूलाई अझ सहज र निरन्तर सेवा प्रदान गर्ने उद्देश्यले जीएसएम पोस्टपेडका लागि ‘रिकरिङ सिजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । अब ग्राहकले एकपटक मात्र प्याकेज सक्रिय गरेपछि, यसको अवधि सकिए पनि हरेक महिनाको निश्चित मितिमा सो प्याकेज स्वचालित रूपमा नवीकरण हुनेछ ।
टेलिकमले असोज ३१ गतेदेखि लागू हुने गरी सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरका रूपमा समावेश गरेको छ । पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानी सोही मितिदेखि बिलिङ चक्र सुरु हुनेछ । त्यसपछि प्रत्येक महिनाको १५ तारिखमा सो प्याकेज स्वतः रिन्यु हुने व्यवस्था मिलाइएको छ ।
अंग्रेजी महिनाको १५ तारिखमा बिलिङ गर्दा ग्राहकको क्रेडिट लिमिट पर्याप्त नभए सेवा अस्थायी रूपमा अवरुद्ध हुने तर भुक्तानीपछि तुरुन्तै पुनः सुचारु हुने व्यवस्था गरिएको छ । प्याकेजमा तोकिएको डाटा वा एसएमएस सकेपछि ग्राहकले अन्य उपलब्ध प्याकेजहरू पनि खरिद गर्न सक्नेछन् ।
ग्राहकले बढी वा कम संसाधन (डेटा, एसएमएस, भ्वाइस) सहितका अन्य रिकरिङ प्याकेज रोज्न वा सामान्य एसएमएस तथा डेटा प्याकेज प्रयोग गर्न पनि स्वतन्त्रता पाउनेछन् । एउटै समयमा दुईवटा रिकरिङ प्याकेज खरिद गरेमा नयाँ प्याकेज पेन्डिङमा रहनेछ र सो प्याकेज आगामी महिनाको १५ तारिखमा मात्र सक्रिय हुनेछ ।
यदि ग्राहकले सेवा बन्द गर्न चाहेमा जीएसएम पोस्टपेड अफरअन्तर्गत ३०० रुपैयाँको सब्स्क्रिप्सनमार्फत रिकरिङ सेवा डिएक्टिभ गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


