२०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष राशि
तार्किक क्षमताले आज सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्नेछन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ ।
वृष राशि
भेटघाटले काममा बाधा पुर्याउन सक्छ । आँटले काम लिन नसक्दा पछि परिनेछ । स्वास्थ्य कमजोर भएपनि समुदायको हितमा राम्रो काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सक्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् ।
मिथुन राशि
काम गर्दा चुनौतीहरू आउन सक्छन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । काम र जिम्मेवारी हात पार्ने अवसर छ । कीर्तिमानी काम सुरु गर्न उपयुक्त समय छ । धेरैले साथ दिनेछन् । महत्वपूर्ण निर्णय लिन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खानेछन् ।
कर्कट राशि
सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचमै रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पर्न सक्छ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था आउन सक्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । सुख दु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
सिंह राशि
तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । काममा लगनशील रहँदा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने सम्भावना देखिन्छ । सुखद समाचारले उत्साह जगाउनेछ । लगनशीलताले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ ।
कन्या राशि
मनग्य धन आर्जन हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न हुन सक्छ । कीर्तिमानी काम सुरु गर्ने उपयुक्त समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रूपमा धनको लाभ पनि हुनेछ । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन् । व्यापार र उद्योगमा फाइदा हुनेछ ।
तुला राशि
विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले पछि पर्न परिनेछ । समय र नियमलाई बेवास्ता नगर्नुहोस् । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएका काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने समय छ ।
वृश्चिक राशि
आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भएपनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादनगर्न सकिनेछ । सोखले खर्च बढाउन सक्छ ।
धनु राशि
शुभ चिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । काम बिग्रने भयले सताउन सक्छ ।
मकर राशि
सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालीन फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारी क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्दा मन खिन्न हुनेछ । केही चुनौती देखा पर्ने भएकाले योजना गोप्य राख्नुहोला।
कुम्भ राशि
कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखा पर्न सक्छन् । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुर्पला ।
मीन राशि
गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । सोख पूर्तिका लागि खर्च बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झिनु पर्ने स्थिति आउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

