• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १८ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १८ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • २० घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • २० घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • २० घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • २१ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • २१ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

जानकारी केन्द्र २०८२, कार्तिक, २८

काठमाडौं । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलहरूको सेट नै सार्वजनिक गरेको छ। ‘फ्यामिली पेयारिंग फिचर’ सुरू गरेपछि, टिकटकले परिवारको सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचरहरू उपलब्ध गराएको बताइएको छ।

फ्यामिली पेयारिंग मार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि स्क्रीन-टाइम म्यानेजमेन्ट टुल्स प्रयोग गरी टाइम लिमिट सेट गर्न सक्छन्। उनीहरूले दैनिक स्क्रीन-टाइम लिमिट राख्न र शेड्युल ब्रेक राख्न सक्छन्। साथै डाइरेक्ट मेसेजिङ, भिडियोमा कमेन्ट, एकाउन्ट खोज्न मिल्ने वा नमिल्ने र कसले भिडियो डाउनलोड गर्न पाउने जस्ता सेटिङहरू नियन्त्रण गर्न सक्छन्। सजिलो सेटअपदेखि डिजिटल सुरक्षासम्म, प्रयोगकर्ता र समुदायको सुरक्षा सुनिश्चित गर्न टिकटक प्रतिबद्ध रहेका जनाइएको छ।

१६ वर्ष वा सोभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्टमा डाइरेक्ट मेसेजिंग स्वत : बन्द हुन्छ, अनि राति पुश नोटिफिकेसन पनि म्यूट हुन्छ। टिकटकले उमेरअनुसार उपयुक्त हुने कन्टेन्ट मात्र देखाउने फीडको व्यवस्था गर्छ। १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ६० मिनेटको स्क्रीन-टाइम लिमिट पनि डिफल्ट रूपमा सेट हुन्छ। यस प्रणालीले किशोरहरूका लागि अनुपयुक्त मानिएका कन्टेन्टहरू छानेर हटाउँछ र प्रयोगकर्ताहरू सही उमेर समूहमा छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रविधिको प्रयोग गर्छ।

अब, अभिभावकहरूले आफ्ना बच्चाको प्राइभेसी सेटिङ हेर्न सक्छन् र बच्चाले पब्लिक भिडियो पोस्ट गरेमा नोटिफिकेसन पनि पाउँछन्। यी टुलहरूले अनलाइन व्यवहार, स्वस्थ स्क्रीन-टाइम र उनीहरूले हेरेको कन्टेन्टको उपयुक्तताबारे परिवारबीच संवाद बढाउन मद्दत गर्छ। टिकटकले स्पष्ट रूपमा बताएको छ कि यी टुलहरू केवल प्यारेन्टल कन्ट्रोलका लागि होइनन्, बरू किशोर-किशोरीले अनुशासित र जिम्मेवार डिजिटल बानीको विकास गर्न परिवारसँग संवाद सुरु गर्ने माध्यम हुन्।

प्रयोगकर्ताको वेल-बीइंगलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता अन्तर्गत टिकटकले यस वर्षको सुरुवातमा गाइडेड मेडिटेसन नामक नयाँ इन-ऐप सुविधा सार्वजनिक गर्‍यो, जसको उद्देश्य सबै उमेरका मानिसहरूलाई माइन्डफुलनेस अभ्यासहरू सजिलै उपलब्ध गराउनु हो। यो सुविधा हाल कायम रहेको ‘स्लिप आवर्स’ सेटिङसँग जोडिएको छ, र रातिको समयमा प्रयोगकर्तालाई शान्त र मार्गदर्शित अभ्यासमार्फत विश्राम गर्न प्रोत्साहित गर्छ, जसले राम्रो निद्रा र भावनात्मक सन्तुलन कायम राख्न सहयोग गर्छ। स्वस्थ स्क्रिन-टाइम बानीको विकास गर्न १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तामा यो सुविधा स्वतः सक्रिय हुन्छ, र राति १० बजेपछि फर यू फीडको ठाउँमा मेडिटेसनको सुझाव देखिन्छ। वयस्कहरूले यो विकल्प स्क्रिन टाइम सेटिङमार्फत आफैं सक्रिय गर्न सक्छन्।

यी टुलहरू मार्फत, टिकटकले किशोर र वयस्क दुबैलाई व्यक्तिगत दिनचर्या बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ, जसले मनोरञ्जनलाई अधिकतम बनाउँछ र लामो समय स्क्रीन प्रयोगका कारण हुन सक्ने नकारात्मक असरलाई कम गर्दछ।

टिकटकका यी नयाँ सुधारहरू पहिले नै रहेको सुरक्षा संरचनामा थपिएको हो, जसमा किशोरहरूको सुरक्षाका लागि ५० भन्दा बढी सुरक्षा उपायहरू छन्। जस्तै, उमेरअनुसारको कन्टेन्ट फिल्टर, स्क्रीन-टाइम लिमिट र सीमित मेसेजिङ सुविधा। टिकटकले डिजिटल सेफ्टी पार्टनरशिप फर फ्यामिलीज मार्फत परिवारलाई घरमा डिजिटल बानी सम्बन्धी मार्गदर्शन र स्रोत उपलब्ध गराइरहेको छ। फ्यामिली पेयरिंग जस्ता भरोसा र र उमेरअनुसार सुरक्षा नियन्त्रणको सुविधा मार्फत टिकटकले परिवारलाई सुरक्षित वातावरणमा नयाँ पुस्तालाई अन्वेषण, सिर्जना तथा अर्थपूर्ण रूपमा जोडिन सहयोग गरिरहेको बताइएको छ।

टिकटकको बारेमा
टिकटक छोटो मोबाइल भिडियोको अग्रणी विश्वव्यापी गन्तव्य हो। हाम्रो उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो। टिकटकका ग्लोबल मुख्यालय लस एन्जेलस र सिंगापुरमा छन्, र यसका न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा कार्यालयहरू रहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.